युरो एकल नेपाली नृत्य प्रतियोगितालाई अन्तराष्ट्रिय कलाकार मन्च युरोप महाशाखाले पूर्ण सहयोग गर्ने गत वर्ष जस्तै यो वर्षको युरो एकल नेपाली नृत्य प्रतियोगिता २०१२ फ्रान्सको पेरिसमा हुने भएको छ। नेपाली नयाँ वर्ष २०६९ को अवसर पारेर आगामी १५ अप्रिल २०१२ का दिन आयोजना गरिने यो प्रतियोगात्मक कार्यक्रमलाई अन्तराष्ट्रिय कलाकार मन्च, युरोप महाशाखा र अन्तर्गतका शाखाहरुले प्रमूख सहयोगीका रुपमा सक्दो सहयोग गर्ने भएका छन ।