NRNA Saudi Cup 2018

Published On: Tuesday, June 19, 2018 | Source: NRNA SAUDI ARABIA
साउदीमा तीनदिने मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । साउदीको पूर्व क्षेत्रमा रहेका खोबरस्थित खसी बजार नजिकैको खेलकुद मैदानमा भएको मैत्रीपूर्ण खुल्ला प्रतियोगितालाई एनआरएनए साउदीका क्षेत्रीय समन्वय समिति पूर्वी क्षेत्रले आयोजना गरी सोमबार सम्पन्न भएको हो।
प्रतियोगितामा रियाद, अलहासा, रासअल खैएर, जुबेल, दम्माम, अलखोवर लगायतका विभिन्न स्थानका २० टिम सामेल सहभागिता जनाएका थिए । मैत्रिपूर्ण खुल्ला फुटवल प्रतियोगिताको विजेता ‘रियाद ११’ र उपविजेता समरानि एफसि “ए” भएका थिए । विजेता टीमले ३ हजार १ सय साउदी रियाल,सिल्ड,मेडल प्रमाणपत्र र उपविजेता टीमले १ हजार ५ सय साउदी रियाल, सिल्ड,मेडल,प्रमाणपत्र पाएका थिए । उत्कृष्ट खेलाडीमा मगर संघ साउदीका खेलाडी तेजेन बुर्जा मगर,सर्वाधिक गोलकर्ता रियाद ११का सुरेन तामाङ,मगर संघ साउदी अनुशासित टिम घोषणा गरिएका थिए । प्रतियोगिताको खेलमा हुने `म्यान अफ द म्याच´खेल रेफ्रि,सहरेफ्रिहरू, स्वयम सेवकहरू र द्वितीय पुरस्कार रासिको एनसिसि साउदीकी महिला संयोजक रबिना अर्यालले गरेकी थिइन्।
उक्त प्रतियोगिता सम्पन्न कार्यक्रममा एनआरएनए,आइसीसीका सदस्य तथा FEMWWC मध्यपूर्व सह संयोजक जोन अर्याल,एनआरएनए एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान, बरिष्ठ उपाध्यक्ष डमर यादव, महासचिव तेज थापा, महिला संयोजक रबिना अर्याल, सदस्यहरू भोला पौडेल, रोशन श्रेष्ठ, दिपक शाही,पूर्वी क्षेत्र क्षेत्रीय सचिव घनश्याम अर्याल, सदस्य चन्द्र बुढामगर, एलसिसि अलखोवरका सचिव अनुप गुरूङ, डिसि नेपाल गल्फ साउदीका मिडिया कर्मी शुक्र मोक्तान होम थापा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि,व्यवसायी,समाजसेवी लगायत उपस्थितिरहेका थिए ।
प्रतियोगिता जुन १६ मा नेपाली राजदुतावास रियादका महामहिम राजदुत डा. प्रा. महेन्द्र प्रसाद राजपुतको प्रमुख अतिथ्या तथा श्रमसहचारी अम्बिका प्रसाद अधिकारी, एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान, र आइसिसि सदस्य धरम केसीको विशेष अतिथ्यमा सुरू भएको प्रतियोगितमा १८ जुनमा सकेका थिए । प्रतियोगितामा लागेको कुल खर्च कटाइ बचेको रकम सडक दुर्घटनामा परी साउदीको किङ फाहत अस्पतालमा उपचाररत धरम नाथ पासवानलाई सहयोग गर्ने आयोजकले बताए ।
आयोजक कमिटिका संयोजक चित्र राइको सभापतित्वमा सम्पन्न भएका कार्यक्रम एनआरएनए पूर्वी क्षेत्रका क्षेत्रीय समन्वय समितिका सचिव घनश्याम अर्यालले सञ्चालन गरेका थिए ।
(स्रोत:sailungonline.com)