प्रवास डायरीः एनआरएन युएईले मजदुर क्याम्पमा रमदान ईफ्तार बाँड्यो

Published On: Monday, July 4, 2016 | Source: NRNA SAUDI ARABIA

४ जुलाइ, २०१६

तेज थापा, साउदी अरब ।

एआरएनए क्षेत्रिय समिती अबुधाबी युएईका क्षेत्रिय सदस्य केशब खडकाबाट प्राप्त जानकारी र संकलित समाचार अनुसार गत शुक्रकवार २५ जुन, २०१६ गैर आवसीय नेपाली संघ (एनआरएन) युएईले अबुधाबी स्थित रिम आइस लेन्ड जिलैंड ताज्बीर कम्पनीमा कार्यरत मुस्लिम धर्मावलम्बी कामदारहरुलाई ईफ्तार वितरण गरि रमदान पर्वको शुभकामना दिएको छ ।

गैर आवसीय नेपाली संघ युएई र अबुधाबी क्षेत्रिय समितीको टोलि शुक्रवार अबुधाबी को रिम आइस लेन्ड अन्तर्गत ताज्बीर कम्पनी लेबर क्याम्पमा पुगेर त्यहाँ रहेका २ सय ५ जाना मुस्लिम कामदारलाई रमदानको शुभकामना दिंदै ईफ्तार वितरण गरेको हो ।

एनआरएनए युएईको एक टोलिले मजदुर क्याम्प पुगेर त्यहाँ रहेका भारतिय, पाकिस्तानी, बंगाली र नेपाली मुस्लिम धर्मावलम्बी कामदारहरुलाई बृयानी, पानी, फलफुल लगायतका खाद्यन्न तथा टोपी वितरण गरेको एनआरएनले जनाएको छ ।

कार्यक्रममा एनआरएन युएईका उपाध्यक्षद्वय रबि रमण अधिकारि, महासचिब दिपक खड्का, कोषाध्यक्ष सुर्य बस्नेत, केन्द्रीय सदस्य ऋषि बस्याल, भोजराज फुयाल,निर्मल पोख्रेल र अबुधाबी क्षेत्रीय अध्यक्ष तोरण सुबेदीका साथ केशब खड्का लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा सहभागी मुस्लिम धर्मावलम्बीहरुले प्रवासमा रहेर पनि यसरी आफ्नो धार्मिक पर्व र संस्कारहरुको सम्मान गरेकोमा एनआरएनलाई धन्यवाद व्यक्त गरेका थिए ।

यसरी फरक धार्मिक समुदायको धार्मिक पर्वमा कार्यक्रम आयोजना गर्दा उनिहरुको धार्मिक संस्कारलाई नजिकबाट बुझ्न पाएको र आनन्द महसुस भएको कार्यक्रममा सहभागी एनआरएन युएईका साथीहरु ले बताए ।

कार्यक्रमका केहि झलकहरूः

FB_IMG_1467282245392