NRTNC को दोश्रो महाधिबेसन भब्यताकोसाथ सम्पन्न

Published On: Tuesday, May 31, 2016 | Source: NRNA SAUDI ARABIA
 
 NRTNC

३० मे, २०१४

तेज थापा अलखोबर साउदी अरब l

अन्तर कम्पनिहरुमा आबद्ध नेपालीहरुलाई एकजुटबनाइ आपसमा मेल-मिलाप अनि आपत-बिपत आइपर्दा सहयोग गर्ने हेतुले स्थापित नेश्मा पार्टनर्स, रबाबी ग्रुप तथा नेश्मा ट्रेडिंग नेपाली समाजको दोश्रो महाधिबेसन साउदी अरबको अलखोबर स्थित दरबार होटेलमा भब्यताकोसाथ सम्पन्न भएको छ l अधिबेसनलाइ सफल बनाउन उक्त नेपाली समाजमा आबद्ध करिब १०० जना सदस्यहरुको उल्लेखनिए उपस्थित रहेको थियो l संस्थालाइ पारदर्शी बनाइ अग्रिम उचाइमा पुराउन २१ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ l

पहिलो खण्ड अन्तर्गत, नेपाली राष्ट्रिय धुनसंगै उत्घाटन भएको कार्यक्रममा निबर्तमान अध्यक्ष रुद्र थापाले सभापतिको आसन ग्रहण गर्नु भएको थियो भने बिशेस अथितिमा संस्थापक अध्यक्ष राम गुरुङले गर्नु भएको थियो l सुनिल बख्रेलद्वारा उत्घोषित उक्त खण्डमा संस्थापक सह-कोषाध्यक्ष तथा वर्तमान सल्हाकार रतन लिम्बुले हलमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई शुभ-कामना मन्तब्य दिनु भएको थियो l संस्थाको संक्षित परिचय दिदै संस्थापक उपाध्यक्ष तथा वर्तमान सल्हाकार तेज थापाले तत्कालिन संस्थापक सदस्य चन्द्र कार्कीको आकस्मिक दुवै मृगौला खराबी र उक्त घटनाको प्रेणाले स्थापित संस्थाको स्मरण गराउदा हलमा उपस्थित सदस्यहरु भबब्यहोल भएका थिए साथै काठमाडौँमा उपचार गराईरहनु भएका कार्कीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको थियो l साउदीमा पाइला टेक्नु पूर्व संस्थाबारे सुन्य अनुभवको बाबजुत आजको स्थितिसम्म आइपुग्दा आफु पूर्णरुपले सामाजिक शेवामा समर्पित भएको बक्तब्य दिदै संस्थापक प्रमुख तथा वर्तमान सल्हाकार ओम घलेले तत्कालिन नवलपरासी नेपाली समाजद्वारा प्रदान गरिएको सम्मान पत्र पढेर सुनाउदै उक्त सम्मान पत्र निवर्तमान अध्यक्ष्य रुद्र थापालाइ हस्तान्तरण गर्नु भएको थियो भने संस्थापक महासचिब तथा वर्तमान सल्हाकार लक्ष्य गोदारले स्थापनाकालमा नियमावली लेखन जस्तो जिम्मेवारी आफुले पाएको र उक्त नियमावली भित्र आज सम्पूर्ण सदस्यहरु बाधिएर संस्थालाई अघि बढाएकोमा आफु गौरवबांधित भएको मन्तब्य दिनु भएको थियो l आज संस्था आफ्नो घरजस्तो भएको र घरेलु समस्याहरुसमेत भुलाउन सक्ने थलो यहि संस्था भएको धारण राख्दै निवर्तमान उपाध्यक्ष बिस्नु पोख्रेलले खुशी ब्यक्त गर्नु भएको थियो l त्यसैगरि संस्थापक कोषाध्यक्ष खिम गर्बुजाले कोषको मूल्य र पारदर्शिताबारे आफ्नो अनुभब र सुझाबसहित छोटो मन्तब्य दिनु भएको थियो भने संस्थापक सहसचिब मिन थापाले नेश्मा ट्रेडिंगमा कार्यरत नेपालीसाथीहरुलाई अझ जुझारुकताकासाथ आबद्ध गराउन आफुले अधिकतम पहल गर्ने मन्तब्य दिनु भएको थियो l संस्थालाई एकरुपताकासाथ अघिबढाई राख्न संस्थामा थपपारदर्शी हुनु पर्ने तथा संस्थालाई सिमित घेरा भन्दा अघिबढाउन अधिकतम पहल गर्नु पर्ने धारण राख्दै सल्हाकार बाबुराम भण्डारीले आफु संस्था उन्नतिकोलागि जुनसुकै सहायोग गर्न पनि तयार रहेको जानकारीसमेत दिनु भएको थियो l कार्यक्रमको पहिलो खण्ड अन्तर्गत नै संस्थाको संस्थागत र सांगठानिक प्रतिबेदन महासचिब सुनिल बख्रेल तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष आइतमान लिम्बुले पढेर सुनाउनु भएको थियो l त्यसैगरि निबर्तमान अध्यक्ष रुद्र थापाले आफुले संस्थालाइ अगिबढाउन भरपूर्ण प्रयास गरेको र आफ्नो २ बर्षेकार्यकालमा भएका उपलब्धि र कमीकमजोरीहरुको मुल्यांकन गर्दै आफ्ना सहकर्मी सदस्यहरुलाई धन्यवाद दिनुभएको थियो भने नयाकार्य समितिलाई अग्रिम शुभकामान तथा बधाई दिनु भएको थियो तत्पश्चात वर्तमान कार्यसमिति भंग भएको घोषणा गर्नु भएसंगै पहिलो खण्ड समाप्त भएको थियो l

सदस्य चैन प्रक्रिया सहज तथा पारदर्शित होस भन्ने अभिप्रायले ३ सदस्य सम्मेलित निर्बाचन मण्डल गठन गरिएको थियो र उक्तसमितिका संयोजक ओम घलेले आफ्ना सदस्य द्वोय लक्ष्य गोदार र रतन लिम्बुको सहयोगमा तयार पारिएको प्रतिबेदन सुनाएसंगै कार्यक्रमको दोश्रो खण्ड सुरु भएको थियो l प्रस्तावित सदस्यहरुको आपसी समजदारीले मनोन्वनयन प्रक्रियामा निकै सहज भएको स्पष्टोक्ति राख्दै ओम घलेले प्रेम थापाको अध्क्षयतामा २१ सदस्यीय नया कार्यसमितिको घोषणा गर्नु भएको थियो l त्यसैगरि निर्बाचन मण्डलका संयोजक ओम घले मार्फत  नबनियुक्त अध्यक्ष र युक्त अध्यक्ष मार्फत अन्ने सदस्यहरुलाइ सपथ ग्रहण गराइएको थियो l अन्त्यमा नबनियुक्त अध्यक्ष प्रेम थापाले अबको कार्यभार आफ्नो काधमा आएको र संस्थाले दिएको मार्गनिर्देसन अनुरुप अजद्रुत गतिमा संस्था हाक्न आफुले कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो साथै संस्थामा आबद्ध सम्पूर्ण साथीहरुको सहयोग र सल्हाको खाचो रहेको धारणा राखे संगै कार्यक्रम समाप्त भएको थियो l