एनआरएन कुवेतको भूत,भविष्य र वर्तमान अवस्थाको एक समिक्षा

Published On: Monday, January 23, 2012 | Source: NRNA SAUDI ARABIA

राजन रिमाल कुवेत

एनआरएनए “नेपालको लागि नेपाली र नेपालीका लागि नेपाली” भन्ने मुल नारालाई आत्मसात गर्दै हाल विश्वको  ५९ औं मुलुकहरुमा स्थापना भई सकेको छ । गैर-आवासिय नेपाली सँघ कुवेत नगरीमा पनि आधिकारिक रुपमा गठन भई ५३ स्थानमा रहेको थियो ।    ११ सेप्टेम्वर २००९ मा कुवेतवासी नेपालीहरुको सामुहिक भेलाले एक निर्वाचन पद्दति अपनाई २ वर्षे कार्यकालको लागि २८ सदस्यीय पहिलो कार्य समितिको गठन गरेको थियो
स्थापना भए देखिनै दुतावासको माग गर्दै आएको एनआरएन कुवेतले  स्थापना भए लगतै नेपाली दुतावास कुवेतको स्वागत गर्ने जिम्मेवारी पाएको थियो । महामहिम राजदुत मधुवन पौडेलको कागजात मिलाईदिने सल्लाहमा एनआएएन कुवेतले उसै दिन भोजपुर च्यङग्रेका ईन्द्र कार्कीको घरफिर्तिको प्लेन टिकट  उपल्व्ध गराएको थियो । कार्की कम्पनिको काम भनेर कुवेत पसेका मजरामा परेका र पछि किट्नी सम्वन्धी विमारले मर्नु न बाँच्नु भएका थिए भने त्यसको केहि दिन मात्र वितेको के थियो । घरमालिकको कुटाई पिटाई र थुनाईले आसक्त बनेकी रेशु खड्कीको दर्दानक कथाले त सार नेपाली समुदायलाई नै दुखी बनाएको थियो ।

उनीलाई घरमालीकको पञ्जा बाट निकाली नेपाल पठाउने काममा एनआरएन कुवेतले सास्ति नै खानु परेको थियो । नेपाली दुतावासको विधिवत स्थापना भई सक्दा पनि नेपाल सरकार बाट सुल्झाउनु पर्ने समस्याहरु ज्युका तिउ रहेको अवस्था  रहदाँको अवस्थामा एनआरएनहरुको दुवईमा भएको चौथो क्षेत्रीय सम्मेलनमा यहाँका आप्रवासी समस्याको बारेमा अध्यक्ष राजेन्द्र तामाङले विभिन्न बुँद्दामा आवाज उठाउनु भएको थियो । नेपाली भाषा,साहित्य,कला, संस्कृति को प्रदेशमा पनि संरक्षण गर्ने हेतुले  संवन्धित  क्षेत्रका सँस्थाहरु सँग हातेमालो गरेर अगाडी वढेको छ । हरेक सालको नेपाली महिलाहरुको महान पर्व हरितालीका तिजमा यहाँका साँस्कतिक मञ्चहरु सँग सहकार्य गर्दै विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग हरु पुर्याउदै आएको छ । कुवेतमा (एमनेष्टी) ईलेगल खुलेको वेलामा दुतावास सँग सहकार्य गरेर यातयात सेक्युरीटी र अन्य सर सहयोग पनि गत वर्ष गर्यो । यस्तै नेपाल बाट नेपाली राष्ट्रिय क्रिकेट टिम महिला पुरुष आउदा एयरपोर्ट देखि खेल मैदान सम्म हौशला वढाउदै गरेका र उनीहरुलाई खुशिका साथ नेपाल पठाईएको कुरा सर्वविदितै छ । पाँच वर्ष सम्मपनि कसैको सहारा विना फर्वानियाको हस्पिटिलमा ईन्तु न चिन्तुको अवस्थामा रहेकी शान्ति मायाँ दोङको लागी यहाँका संघ सँस्था र आफै एनआरएन कुवेतले नेपाल सरकारलाई गुहार्ने देखी चन्दा संकलन र मिडिया कर्मिहरुको सहयोगले नेपाल

पठाउने काम भयो अहिले उनि हल्का वोलचाल गर्न सक्ने अवस्थामा छिन । स्मरण रहोस पाटन हस्पिटलमा नै उनलाई भेटेर कुवेतका एनआरएनका अध्यक्ष  राजेन्द्र तामाङले पचास हजार नेपाली रुपैया प्रदान गर्नु भएको थियो । पाचौ क्षेत्रीय सम्मेलन मार्फत सुरक्षित आप्रवासको माग गर्दै खाडीमा घरेलुकामदारको रुपमा आउने महिला कामदारको लागी अनिवार्य तालीमको  व्यवस्था गराउनु पर्ने भन्दै एनआरएनको सहयोगमा काठमाण्डौमा मल्टिपल तालिम केन्द्रको शुरुवात गरेको छ । जानकारिको लागी त्यसमा रोजगार पर्वर्दन बोर्ड नेपालले निशुल्क तालिमको व्यवस्था मिलाउदै आएको छ ।
एनआरएनको हरेक राष्ट्रिय समितिले प्रत्येक वर्ष नेपालमा केहि न केहि एउटा योजना दिनु पर्ने हुन्छ यस अन्तर्गत कुवेत बाट विकट जिल्ला सिन्धुपाल्चोकको गाथी गा।वि।स को प्रा वि मा कम्पुटर साक्षरताको लागी दुई लाख एक हजार नेपाली रुपैयाँ गत साल नै पठाईएको हो । कुवेत जस्तो हजारौ घरेलु महिला कामदारहरु भएको देशमा महिला श्रम-सहचारीको अतिनै आवश्यक रहेको थियो त्यसैले केहि महिना पहिला नेपालमा भएको गैर आवासीय नेपाली संघको राष्ट्रिय सम्मेलनमा एनआरएन कुवेतले  जोडदार माग गर्यौ । हाम्रो माग फेव्रुअरी २ मा पुरा हुदैछ । भने  मिडिल ईष्टमा काम गर्ने नेपालीहरुकै रेमिट्यान्स बाट देशको अर्थतन्त्र धानेको अवस्थामा उनीहरुले घरायसी प्रयोजनका लागी एक सेट एल सि डि,ल्यापटप, आईफोन,आईपोड, जस्ता आधुनिक ईलेक्ट्रोनिक आईटमको विनारोक टोक निशुल्क भित्राउन पाउनु पर्ने माग राखेको  छ । यो हाम्रो माग पनि पुरा हुने नै छ ।यि त भए स्थापनाकाल देखि आज सम्म एनआरएन कुवेतले गरेका कामहरु वर्तमान कार्यसमितिले यसको भविष्यको रेखा पनि कोरेको छ । यो साल भने कला संस्कृति र साहित्यको जगेर्ना गर्ने हेतुले नेपाल देखि ख्याति प्राप्त कलाकारहरु कुवेतमा झिकाई साङगेतिक महामेला गर्ने निधो गर्दै कार्यक्रम संयोजक संस्थाका महा-सचिव सुजन के सी लाई तोकेको  छ । भने कुवेतमा रहेर श्रम वेचिरहेका दाजु भाई तथा दिदि वहिनिहरुको लागी शारिरिक सुसंगठनको विकास भाईचारा कायम र मनोञ्जन दिनकालागी संस्थाका सचिव मनुमगरको संयोजकत्वमा सात सदस्यिय समिति गठन गरेको छ । नयाँ सालको अवसरमा शुभकामना आदन प्रदान र वनभोजको लागी संस्थाका उपाध्याक्ष राजु थापाको संयोजकत्वमा टीम तयार रहेको छ  । भने यस सालको नेपालमा दिईने योजनाका लागी एनआरएन आई सि सि कुवेतका कोर्डिनेटर राजन कुँवरको संयोजकत्वमा एक समिति तयार भएको छ । त्यस्तै प्रचार प्रसार जन-सम्पर्क,जनचेतनाको कार्यक्रमको लागी एनआरएन आई सि सि सदस्य कुमार झापालीको संयोजकत्वमा नौ सदस्यिय कार्यदल गठन गरेको छ ।

नेपाली समाज कुवेत र नेपाली दुतावासको विचमा वसेर धेरै पटक मध्यस्थता गर्दै आएको पनि छ । सरकारी तवर वाट पटक पटक हुने राजनैतिक भ्रमण र कुटनैतिक भ्रमणका वेला विभिन्न खाले गोष्ठी सभा सम्मेलन र अनतर्क्रियाहरु संचालन गरेको कुरा ऐना जस्तै छर्लङग छ । एनआरएन कुवेतको कार्यसमितिमा हाल महिला पुरुष गरी ३५ जनाको सहभागिता रहेको छ भने । पंजिकृत सदस्य एक सय जनाको हाराहरीमा रहेको कुरा श्रोत वताउछ । यसरी नै प्रवाशि संघ सस्थाहरु सँग हातेमालो गर्दै अगाडी बढ्न सके एनआरएन कुवेतको भविष्य घामजस्तै छर्लङग र निष्कलंक भएर जाने कुरामा कुनै दुईमत हुने छैन की ?
लेखक :- एनआरएन आई सि सि कुवेतका युवा सदस्य तथा जनचेतना एवं प्रचार प्रसार समितिका सदस्य हुन ।