साउदी अरबको रियादमा दुर्घटनामा परी नेपाली कामदारको मृत्यु

Published On: Thursday, January 19, 2012 | Source: NRNA SAUDI ARABIA
९ जनवरी २०१२
 कमल महत
 
८ जनुअरी २०१२ को दिउसो ३ बजे मुसीकोट गा.बी.स. ६ गुल्मीका गोबिन्द बहादुर सारू मगर को सुलाइ १७ नम्बर रियाद स्थित अल फरोत हदित कम्पनीमा डिउटिकै समयमा क्रेनको चेन छिनेर क्रेनले उठाइरहेको समानले थिचेर घटना स्थलमै मृत्यु भयको मृतकका आफन्त नर बहादुर सारू मगरले बताउनु भयको छ । मृतक गोबिन्द बहादुर सारू मगर भारतको बाटो हुदै ७ महिना अगाडी साउदी अरबको उक्त कम्पनीमा आएको मृतकका  आफन्त नर बहादुर सारू मगरले बताउनु भयो । यस दुर्घटनाको बारेमा नेपाली दुतावास रियाद नियोग उप प्रमुख श्री हरिश्चन्द्र घिमिरे ज्यू सँग फोन मार्फत जानकारी गराएको र जानकारीका क्रममा दुतावासले सक्दो चाँडै मृतकको लाश नेपाल पठाउने पहल गर्ने छ भन्नु भयो । यसै दुर्घटनाको बारेमा नेपाली दुतावास रियादमा मृत्यु तथा क्षतीपुर्ती संबन्धी मुद्धा हेर्ने कमरूल हक ज्यू सँग जानकारी माग्दा मृतकको लाश पठाउन चाहीने प्रमाण-पत्र हरू उपल्बध गराउन मृतकको साउदी मालीक सँग कुरा भयको र मृतकको साउदी मालीकले सकारात्मक जवाफ दियको जानकारी गराउनु भयको छ ।
 
मृतक गोबिन्द सारू मगरको एक श्रीमती र २ नाबालक छोरी रहेको मृतकका आफन्त ले बताउनु भएको छ। राज्य ब्यवस्थाको निकम्मापन र आफ्ना नागरीक प्रती राज्यले दिनु पर्ने सुविधा पर्ती राज्यले बेवास्ता गर्दा र आफ्नै मुलुकमा रोजगारीको अवस्था नहुदा मुलक बाहिर आएर जोखीमपुर्ण काम गर्ने सिलसिलामा हजारौं नेपालीहरूले अर्काको देशमा अमुल्य जीवन गुमाउनु परीरहेको छ ।