सम्झौता अनुसारको तलब नपाएपछी

Published On: Monday, January 9, 2012 | Source: NRNA SAUDI ARABIA

RIC international नामक म्यानपावर बाट साउदी अरब आएका १७ जना नेपालीहरुले सम्झौता  अनुसारको तलब नपाएपछी बिचल्लिमा परेका छन । मासिक ९०० रियल बेसिक स्यालरी भनेर नेपालमा सम्झौता गरी जनही १ लाख देखी १ लाख ५० हजार सम्म पैसा तिरेर आएका  उनिहरुले भने अनुसारको काम त पाए तर तलब भने मात्र ६०० रियल । अब उनिहरुलाई एती पैसाले आएको रिण  कसरी तिर्ने भन्ने पिरले  सताउन थालेको छ । अलफ्राश् नामक सप्लायर कम्पनीमा आएका  उनिहरुलाई दलालले भनेको जती पैसा पाएनौ  भने हामी यहाँबाट पैसा दिन्छौ भनेका थिए  । अहिले दलाल सँग कुरा गर्दा ” तिमीहरुले काम पाइहालेका छौ अब के चहियो ” भनेर उल्टै धम्क्याउने  कुरा पीडित मध्यका एक टंक  भण्डारी बताउनु हुन्छ ।