नीति तथा कार्यक्रम

Published On: Monday, September 4, 2017 | Source: NRNA SAUDI ARABIA

 

गैर आबासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद, साउदि अरब

नीति तथा कार्यक्रम

२०१७ – ०१९

 

(१) बैदेशिक रोजगारमा अ।उने नयां तथा पुराना कामदारहरूको सचेतनाका लागि बैदेशिक रोजगार प्रबर्द्धन बोर्ड, NRNA  र ILO को संयुक्त तत्वावधानमा श्रम ग्राम ताहाचलमा सञ्चालित ‘सूचना तथा परामर्श केन्द्र’ मा पुगी सही, सत्य र स्वतन्त्र सूचना तथा जानकारी लिनुपर्ने र गन्तब्य मुलुकमा अवतरणसंगै आवश्यक पर्न सक्ने सबै खाले परामर्श, सूचना, मार्गदर्शन र सहयोगका लागि सिर्फ १ डलर (रू. १००) मा एनअ।रएनएको ‘प्रारम्भिक सदस्यता’ लिर्इ यस संस्थासंग प्रबासमा पाइला टेकेकै दिनदेखि जोडिन पाउनुपर्ने, ६ महिना (१८२ दिन) पश्चात एनआरएनएको पूर्ण सदस्य बन्न पाउनुपर्ने । संस्थाको बिधान र नेपाल सरकारको गैर आवासीय नेपाली सम्बन्धी एन र नियमावली पनि यसै अनुरूप  संशोधन गर्न एनसिसी साउदीले अरू एनसिसीहरूसंग समेत सहकार्य गर्दै बिशेष पहल गर्ने छ ।

(२) साउदी स्थित नेपाली नियोगको सहयोगमा एनआरएनए एनसिसी साउदी अरबलार्इ साउदी अरबको कानून मुताविक नेपाली समुदायको साझा सामाजिक, परोपकारी तथा कल्याणकारी संस्थाका रूपमा दर्ता गर्न गराउन पहल गर्ने छ।

(३) साउदी अरबको नेपाली समुदाय, कृयाशिल संघ संस्थाहरूसंगको सहकार्य तथा यहांको नेपाली नियोगको अभिवावकत्वमा भैपरी अ।उने नेपाली कामदारहरूका सबै खाले समस्याहरू यथाशिघ्र समाधान गर्न एक “द्रुत उद्धार संयुक्त संयन्त्र (Rapid Rescue Joint Mechanism” निर्माण तथा परिचालनका लागि एनअआरएनए साउदी अरब अग्रसर हुने र हरेक समस्याहरूको समाधान नेपालको बैदेशिक रोजगार एन  र साउदी अरबको श्रम कानून मुताविक गर्नमा यस संस्थाको जोड रहिरहनेछ ।

(४) सिंगो एनआरएनएलार्इ “श्रमिक मैत्री” संस्थामा रूपान्तरण गर्न र रूची राख्ने, सेवा भावनाले आत प्रोत हरेक क्षमतावान अ।म नेपाली श्रमिक पनि एनआरएनएको शिर्षस्थ नेतृत्वमा पुग्न शुल्क(हरू) बाधक नबन्ने गरी, खाडी, मलेशिया र अफ्रिकाका एनआरएनहरूलार्इ पुर्बवत दिंदै आएको बिशेष सहुलियत जारी राख्दै १ डलरमा प्रारम्भिक सदस्य, ३ डलरमा पञ्जिकृत सदस्य,२५ डलरमा अन्तराष्ट्रिय महाधिवेशनका सहभागी (बिश्व सम्मेलन इच्छाधिन राख्ने), २५० डलरमा आइसिसी सदस्य, ५०० देखि २,००० डलर सम्ममा अ।इसिसीका सबै पदहरूमा उम्मेदवार बन्न पाउने गरी संघको केन्द्रिय बिधानमै तोकेर बिधान संशोधनको जोडदार माग गर्ने । साथै बिधान संशोधनमा हरेक मुलुकहरूमा संस्थामा पञ्जिकृत हुन पाउने हरेक एनआरएनहरूको अधिकारको सम्मान गर्दै मार्ग प्रसस्त गर्न हाल अबलम्बित अनलार्इन सदस्यता दर्ता प्रणाली (IMS) सदैब ‘खुल्ला’ राख्ने र प्राप्त आवेदनहरू जांचबुझ गरी बढीमा ७ दिनभित्रमा सदस्यता दर्ता गर्नेगरी बिधानमै तोकिने र कुनै पनि एनसिसीहरूले कुनै पनि अवरोध, असहयोग या पक्षपात गरेको उजुरी परे त्यस्ता एनसिसी माथि आइसिसीले कार्बाही गर्नसक्ने प्रावधान समेत राखिने छ ।

(५) एनआरएनएले अघि सारेको र नेपाल सरकारले समेत नीतिगत रूपमा स्वीकार गरेको बैदेशिक रोजगार कर्मीका लागि सञ्चय कोष तथा सामाजिक सुरक्षा कार्यक्रममा एनआरएनए साउदी अरब सकृय रूपमा सहभागी हुने र कामदारहरूको सामुहिक बचतलार्इ स्वदेशमै रोजगार सृजना तथा आय आर्जनका हरेक राष्ट्रिय योजना, परियोजनाहरूमा पनि लगानीकर्ताका रूपमा सरिक हुन हरेक सदस्यहरूलार्इ अ।ह्वान र अभिप्रेरित गर्ने छ ।

(६) बैदेशिक रोजगारमा ब्याप्त ठगी, अन्याय, शोषण र बिचल्लीको कानूनी उपचार खोज्न र दिलाउन तथा कानूनको उलंघन गर्ने जो कोहीलार्इ पनि दण्डित गर्न गराउन बैदेशिक रोजगारका सबै प्रमुख गन्तब्य मुलुकहरूका नेपाली नियोगहरूमा हालै श्रम तथा रोजगार मन्त्रालयले घोषणा गरे बमोजिम वकिल तथा गृह मन्त्रालयले घोषणा गरेको प्रहरी सहचारीको अबिलम्ब पदस्थापना तथा बजेट र साधन स्रोत सहित परिचालन गर्न नेपाल सरकारका ती मन्त्रालयहरूलार्इ  एनआरएनए साउदी अरबले आइसिसी मार्फत घचघचार्इरहने छ ।