नेपाली नारीहरुको महान पर्व हरितालिका तीज इजरायलमा भव्यताका साथ सम्पन्न


नेपाली नारीहरुको महान पर्व हरितालिका तीज इजरायलमा पनि भव्यताका साथ मनाइयो ।

Source: NRNA SAUDI ARABIA

साउदी अरबमा दशैं


नेपाली राजदुतावास साउदी अरबले बिजया दशमी २०६९ को उपलक्षमा शुभकामना आदान प्रदान सहित रात्रिभोजको आयोजना गर्यो ।

Source: NRNA SAUDI ARABIA

नाइजेरियामा पनि दशैं कार्यक्रम


२९ अक्टुबर, पश्चिमी अफ्रिकी मुलुक नाइजेरियाको लेगोसमा अवस्थित गैर आवासीय नेपालीहरुले सामूहिक रुपमा दशैं मिलन कार्यक्रम आयोजना गरेका छन् । एनआरएनए नाइजेरियाको आयोजनामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघका अफ्रिका क्षेत्रिय संयोजक हिक्मत थापाले दशैंको शुभकामना व्यक्त गर्दै नयाँ सदस्यहरुको स्वागत तथा परिचय गराउनुभएको थियो ।

Source: NRNA SAUDI ARABIA

पोल्यान्डमा “दशैं तथा शुभदिपावली” शुभकामना कार्यक्रम सम्पन्न


गैर आवासीय नेपाली संघ पोल्यान्डको आयोजनामा पोल्यान्डको वारसवामा दशैं तथा शुभदिपावली शुभकामना कार्यक्रम सम्पन्न भयो । नेपालीहरुको महान चाड दशैंको सन्दर्भ पारेर गैर अवासीय नेपाली संघ पोल्यान्डले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आईरहेको छ ।

Source: NRNA SAUDI ARABIA

युएईमा नेपाली कामदारको तलब बढ्यो


श्रम तथा रोजगार मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) मा जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ । मन्त्रालयले कामदारलाई अदक्ष, अर्धदक्ष, दक्ष र उच्चदक्ष ४ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै पारिश्रमिक निर्धारण गरेको हो ।

Source: NRNA SAUDI ARABIA

मानसिक संतुलन गुमाउन पुगेका रेवत कुमारलाइ उपचारार्थ सहयोग


नेपालमा मोरंग दर्गेसा गाबिस वडा नम्बर ६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका रेवत कुमार गुरागाई बैदेशिक रोजगारको सिलसिलामा ५ महिना अगाडी सान इन्टरनेसनल मेनपावर बाट साउदी अरब आइपुगेका थिए !घरमा उनि एक मात्र छोरा भएको बुझिएको छ ! साउदी अरब स्थित अल ओथेम मार्केटस् कम्पनीको मनफुवा सुपरमार्केटमा काम गर्दागर्दै करिब एक महिना अगाडी उनले आफ्नु मानसिक सन्तुलन गुमाउन पुगेका थिए !

Source: NRNA SAUDI ARABIA

“इजरायलमा शुभ दीपावली तथा एन आर एन दिवश सम्पन्न”


एन. आर. एन. ए. इजरायलले आयोजना गरेको हिन्दु धर्मालम्वीहरुको महान पर्व शुभ-दिपावली तथा एनआरएन दिवसको पावन अवसरमा १६ नोभेम्बर शुक्रबार तेलअभिबको हाहागनामा र १७ नोभेम्बर शनिबार इजरायलको उत्तरी शहर हाइफामा विविध सास्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । तेल अभिवमा सम्पन्न शुक्रवारको औपचारिक कार्यक्रम अन्तर्गत नेपालि सांस्कृतिक ब्यान्डको उद्घाटन गरिएको थियो ।

Source: NRNA SAUDI ARABIA