काठमाडौं, मंसिर १५ (नागरिक)- नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले युनिटीको नेटवर्क मार्केटिङको खोजी रिपोर्टिङ गर्ने दुई पत्रकारलाई उत्कृष्ट आर्थिक पत्रकार घोषित गर्दै ५१ हजारको पुरस्कार प्रदान गरेको छ। पुरस्कार अंग्रेजी दैनिक रिपब्लिकाका मिलनमणि शर्मा र हिमाल पक्षिकका सन्तगाह मगरले पाएका छन्।