दूतावास स्थापना र श्रम सम्झौतालाई प्राथमिकता, दुतावास खोल्न राजकुमारले पहल गर्ने

, Source: NRNA SAUDI ARABIA

राजकुमार अलवालिद बिन तलालसमक्ष सरकारले दूतावास स्थापना, दुई देशबीच श्रम-सम्झौता र सीधा हवाई उडानका विषयलाई उठाउन साउदीस्थित नेपाली दूतावासले सुझाव दिएको छ ।

बिश्वका उन्नाइसौं धनी साउदी राजकुमार नेपालमा

, Source: NRNA SAUDI ARABIA

साउदी अरबका राजकुमार अल वालिद विन तलालको नेपाल भ्रमणका क्रममा सरकारले जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा लगानीका अवसरबारे जानकारी गराउने छ । तीनदिने भ्रमणमा शनिबार आइपुगेका विश्वका १९ औं धनी तलालसँग नेपाली मन्त्रीहरूको समूहले लगानीसँगै वैदेशिक रोजगारका अवसर र सुरक्षाबारे पनि छलफल गर्नेछन् ।

विदेशबाट फर्किएका एक डाक्टर

, Source: NRNA SAUDI ARABIA

काठमाडौ, कार्तिक २६ – सानामा सँगै भेडी चराउने, मर्स्याङ्दी तीरमा पौडिने, गुच्चा खेल्ने साथीहरुमध्ये उनलाई सम्झने कमै छन् । कति पलायन भए । कतिको मृत्यु भयो । तीस वर्ष पहिले गाउँ छाडेका थोंचे मनाङ्गका देवी गुरुङ्ग कता छन् भन्ने धेरैलाई थाहा पनि थिएन । थोरैले चिनेका, धेरैले सुनेका मात्र ।

दुई चेली को उद्धार

, Source: NRNA SAUDI ARABIA

भोजभतेर पार्टी आदिमा रमाएर जन्मदिन मनाउने परम्पराबाट हट्दै भोजभतेरको खर्चले २ जना असहाय बिरामी नेपाली चेलीलाई उद्धार गरी नेपाल पठाउने यस NRNA साउदी अरबका सल्लाहकार विमल गौतमलाई हार्दिक धन्यवाद । वहांको यस शुभ-कार्यले अरूहरूलाइ पनि प्रेरणा दिने आशा गरेका छौ ।

मुटुको रोगबाट बच्ने उपायहरु

, Source: NRNA SAUDI ARABIA

१) धूमपान त्यागौं: करिब ५० प्रतिशत मुटु रोगी अत्यधिक धूमपानको कारण रोगी बनेका हुन्छन्। यसैकारण धूमपान मात्र त्याग्न सकियो भने पनि हामीले मुटुरोगको जोखिमलाई ५० प्रतिशतले घटाउन सक्छां।

एनआरएनले पनि नागरिकता पाउने

, Source: NRNA SAUDI ARABIA

माधव ढुङ्गेल, काठमाडौँ, कात्तिक १८ (नागरिक) संविधान निर्माणमा रहेका असहमति हटाउन गठित उच्चस्तरीय कार्यदलको आजको बैठकमा गैर आवासीय नेपाली (एनआरएन)लाई पनि नागरिकता दिन दलहरु सहमत भएका छन्। बैठकले नागरिकतासम्बन्धमा रहेका सबै असहमतिलाई टुङ्ग्याएको छ।