पोखरा, आश्विन २५ – गैरआवासीय नेपाली (एनआरएन) दिवस २०६७ सोमबार पोखरामा सुरु भएको छ । दिवसको उदघाटन गर्दै संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले राजनैतिक दलहरुबीचको असहमति, असमझदारी तथा अविश्वासका कारण गैरआवासीय नेपालीले आफ्नो क्षमता, अनुभव, जाँगर र पूँजी लगानी गर्न नपाएको बताए ।