युनिटीका दलालको विदेशवाट पत्रकारलाई धम्की

, Source: NRNA SAUDI ARABIA

युनिटी लाईफ ईन्टरनेश्नलको सार देश दुनियाउँमा असली चेहरा र कर्तुत उदाङ्गो भईसक्दा पनि यसका प्रवास स्थित ठेकेदारी र दलाली गर्नेहरु लैनो भैसी थारियो भन्ने पीरले हिंस्रक मनोबृतीका साथ पत्रकार र सामुदायीक संचार माध्यम माथि खनिन थालेका छन ।

प्रबासी पत्रकारहरूलाई धम्क्याउने ब्यक्तिहरूलाई तत्काल कार्बाही होस

, Source: NRNA SAUDI ARABIA

कुवेतका प्रबासी नेपाली पत्रकारहरूलाई जन समुदायलाई सुसुचित पार्न सत्य समाचार प्रकाशन गर्दा पनि अबैध कारोबारमा संलग्न अपराधी मनोबृत्तिका केही ब्यक्तीहरूबाट ज्यानै लिने सम्मका धम्की दिईएको रहेछ र त्यस्तो धम्की साउदी अरबका नेपालीबाटै दिईएको बुझिन आएकोले हामी बिशेष दुखी र लज्जित पनी भएका छौं ।

यूएईका चार महत्वपूर्ण संस्था युनिटीले उब्जाएको समस्याको समाधान खोज्दै

, Source: NRNA SAUDI ARABIA

नेपाल सरकारले युनिटी लाइफ इन्टरनेशनलको कारोबार बन्द गराई गहन छानबीन गरिरहेकोले यसबाट पर्न जाने समस्याहरूको समाधान खोज्दै सर्वसाधारण नेपालीलाई सचेत गर्ने हेतुले हिजो साँझ बरदुबईको एभरेष्ट इन्टरनेशनल होटलमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। गैर आवासीय नेपाली संघ राष्ट्रिय

युनिटीका सञ्चालकसहित ८ पक्राउ

, Source: NRNA SAUDI ARABIA

युनिटी लाइफ इन्टरनेसनलका साचालकमध्ये एक जनासहित प्रहरीले सो समूहसँग आबद्ध आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साचालक विष्णु खत्री आइटी निर्देशक सुदीप घिमिरे राष्ट्र बैंकले नियन्त्रणमा लिएको मध्यमााचल ग्रामीण विकास बैंकका प्रवन्ध निर्देशक रामदेव यादव रहेका छन् ।

चार नेटवर्क कारोबारलाई प्रतिबन्धसम्बन्धी रिटमा सर्वोच्चमा आज बहस हुने

, Source: NRNA SAUDI ARABIA

सेवा र बस्तुको नेटवर्क व्यापारमा प्रतिवन्ध लगाउने सरकारी निर्णणविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्ने विषयमा सर्वोच्च अदातलले आज छलफलका लागि सम्बन्धित पक्षहरूलाई बोलाउने भएको छ।

आजबाट बुद्ध एयरको अन्तर्राष्ट्रिय उडान

, Source: NRNA SAUDI ARABIA

निजी क्षेत्रको अग्रणी बुद्ध एयरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान आज गर्ने भएको छ । बुद्धको पहिलो अन्तर्राष्ट्रिय उडान काठमाडौंबाट भुटानको पारोका लागि हुनेछ ।

युनिटीले १२ कानुन उल्लंघन गरेको ठहर – सरकारद्वारा कारबाही प्रक्रिया सुरु

, Source: NRNA SAUDI ARABIA

युनिटी लाइफ इन्टरनेसनलले अर्बौ रुपैयाँ संकलन गर्दा प्रचलित १२ वटा कानुन उल्लंघन गरेको ठहर गर्दै कारबाही गर्न सरकारले प्रक्रिया सुरु गरेको छ । युनिटीले नेटवर्किङका नाममा रकम संकलन गरिरहेको समाचार सार्वजनिक भएपछि गठित छानबिन समितिको आइतबार दिएको प्रतिवेदनमा कसुर पहिचान गरिएको हो ।

समाचार हटाइयो

, Source: NRNA SAUDI ARABIA

दुबईका पत्रकार जाकीर हुसैनले लेखी नेपाल दुबई डट कममा प्रकाशित एनआरएनएको टास्क फोर्स कमिटीहरूमा युएईबाट मनोनित सदस्यहरू सम्बन्धी समाचारमा हामीले साउदी अरबबाट समेत मनोनित हुनुभएका सदस्यहरूका बारेमा समाचार थपेर यसै साइटमा राखेका थियौं ।