NRNA साउदीको पश्चिम क्षेत्रिय समन्वय समिति जेद्धाको दोस्रो साधारण सभा सम्पन्न

Published On: Source: NRNA SAUDI ARABIA

दोस्रो साधारण सभा सम्पन्न

NEWS-GA RCC Jeddah-2015_Page_4 NEWS-GA RCC Jeddah-2015_Page_5

१८ फेब्रुअरी २०१५

गैर आवासीय नेपाली संघ साउदी अरव ,पश्चिमी क्षेत्रिय समन्वय समिति जेद्धाको दोस्रो साधारण सभा १३ फेब्रुअरी २०१५ शुक्रबार जेद्धा स्थित महवाणिज्य दूतको कार्यालय भवनमा सम्पन्न भयो। निर्धारित समय भन्दा केहि ढिलो सुरु भएको उक्त कार्यक्रममा प्रमूख अतिथिको रुपमा जनरल कन्सुलेट जेद्धका कार्यबाहक कन्सुलेट जनरल श्री शुधिर भट्टराई र विशिष्ट अतिथिको रुपमा गैर आवासीय नेपाली संघ केन्द्रिय समितिको प्रतिनिधित्व गर्दै साउदी अरवको पूर्वी क्षेत्र दमामबाट श्री नारायण पासवान पाल्नु भएको थियो । विराट भौगोलिक फैलावटमा रहेको साउदी अरवको यस पश्चिम क्षेत्रलाइ सकेसम्म समेट्ने कोसिसका साथ् अधिकतम सहभागिता हुने गरि  तथा यस पश्चिम क्षेत्रलाई छोएका स्थानहरु ताईफ , यान्बु तथा ताबुकमा क्रियाशील संघ संस्थाहरुलाई समेत पत्राचार तथा सम्पर्क गरिएको थियो । कार्य व्यस्तता तथा लामो दुरीका वावजुद पनि राम्रै सहभागीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा संस्थामा आवद्ध हुनुभएका पन्जिकृत सदस्यहरुको अलवा संस्थाबारे सुन्न,जान्नर बुझ्नकालागि आउने नयाँ सहभागीहरु पनि धेरैको संख्यामा हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि श्री सुधिर भट्टराई (कन्सुलेट जनरल)ले गर्न भएको थियो भने राष्ट्रिय गान संगै कार्यक्रम अघि बढेको थियो । कार्यक्रमको विधिवत उद्घाटन पश्चात कार्यसमितिका कोषाध्यक्ष श्री ज्ञान प्रसाद अर्यालले स्वागत मन्तव्य मार्फत अमन्त्रतित प्रमुख अतिथि , विशिष्ठ अतिथि तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिका साथै सम्पूर्ण अतिथिजनलाई स्वागत गर्नु भएको थियो । संस्थाले अघिल्लो कार्यकालमा सम्पन्न गरेका कार्यहरुको संगालो वार्षिक प्रतिवेदन संस्थाका सहकोषाध्यक्ष श्री भिम बहादुर गुरुङले प्रस्तुत गर्नुभएको थियो। उक्त वार्षिक प्रतिवेदनमा  करिव एक लाख पचास हजार देखि दुई लाख सम्म नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको यस पश्चिमी क्षेत्रमा विगत धेरै वर्षदेखि मागमा रहको महावाणिज्य दूतको कार्यालय  स्थापनार्थ गरिएका पहल तथा प्रयासहरु २०१३ मा साउदी सरकारले गैर कानूनी रुपमा लुकी छिपी रहेका कामदारहरुलाई लक्षित गरि ल्याएको एम्नेस्टी कार्यक्रमलाई एउटा महत्वपूर्ण अवसरको रुपमा लिई त्यस्ता अवैध कामदारहरुलाई  उक्त एमनेस्टीको बारेमा सूचित गराउने , प्रत्यक्ष भेट घाट गरि जानकारी गराउने , कामदारहरुका विवरण संकलन गर्दै नेपाल राजदूतावास रियादसंग सहकार्य गरि ६,००० भन्दा बढी आउट पास (ट्राभल डकुमेन्ट ) वितरणमा समन्वय गरिएको , जेद्धमा कन्सुलेट कार्यलय स्थापना हुनु भन्दा अगाडिबाट नै यस जेद्धा तथा आसपासमा क्षेत्रहरुका नेपाली श्रमिकहरुलाइ एम. आर. पी. पासपोर्ट सम्वन्धि जानकारी गराउने ,फारम भर्न सहयोग गर्ने , फारम संकलन गर्ने  , नेपाल राजदूतावास रियादको बैक खातामा राजश्व (एम. आर. पी.  मार्फतको )दाखिलामा सहयोग गरिएको , पासपोर्ट बनेर आइसके पछि पनि सम्पर्क गरि वितरण गरिएको , र हाल जेद्धमा कन्सुलेट कार्यालयको स्थापना भइसको अवस्थामा पनि उक्त कार्यमा निरन्तता रहेको  तथा गैर आवासीय नेपाली संघद्वारा २०१२ मा एन . आर. एन. इन्भेस्टमेन्ट कम्पनि दर्ता गरिएको र उक्त कम्पनि मार्फत  लमजुङको  दोर्दी खोलामा निर्माणाधीन  जल बिद्युतको निर्माण कार्य सम्बन्धि जानकारी आदि जस्ता विविध पक्षलाई उक्त वार्षिक प्रतिवेदनमा समिटिएको थियो । यसको साथै विभिन्न समयमा विभिन्न स्थानमा रहेका पीडित  नेपाली श्रमिकहरुलाइ  प्रत्यक्ष भेटि तिनीहरुको उद्धारकोलागि  तत्कालिन अवस्थामा नेपाल दूतावास रियाद समक्ष जानकारी गराइएको तथा फलोअप गरिएको र हाल पनि त्यस्ता श्रमिकका विषयहरुमा  जनरल कन्सुलेटसंग सहकार्य गदै अगाडि बढिरहेको जस्ता विषयहरु प्रस्तुत भएका थिए ।

आफ्नो मन्तव्यका क्रममा एन. आर.एन.का पन्जिकृत सदस्य तथा जेद्धका समाजसेवी श्री दुर्गा वि.क. ,नेपाली यूवा क्लवका उपाध्यक्ष श्री पुरन सिंह मरथानी , नेपाल जनप्रगतिशील मंच जेद्धाका अध्यक्ष श्री ठाकुर भुषाल लागयतका वक्ताहरुले आ -आफ्नो धारणा राख्नु भएको थियो । एक्लै गर्न नसकिने र असम्भव लाग्ने हरेक चुनौतीहरुलाई सामना गर्न हामीलाई समूहको आवश्यकता पर्ने र आफ्नो दैनिक कार्य देखि बाँचेको केहि समय र अनावश्यक खर्चलाइ कटान गरि केहि रकम पीडितलाई सहयोग गर्न सके समाजसेवा वास्तविक समाजसेवा हुने बताउनुभयो । साथै वहाँहरुले स्थानीय स्तर देखि अन्तर्राष्ट्रिय रुपमै एन. आर. एन. ले गरेका कामहरुको खुलेर मनन  पनि  गर्नु भयो ।

मन्तव्यकै क्रममा केन्द्रीय कमिटिबाट पाल्नुभएका विशिष्ठ अतिथि श्री नारायण पाश्वानज्युले आफ्नो धारणा व्यक्त गर्दै आफू आफ्नो व्यक्तिगत स्वार्थ र लालचा देखि माथि उठ्न सके मात्र समाजसेवा भन्न सकिने र आपसी खिंचातानीले कसैलाई भलो नगर्ने ,नीयम ,कानून सबैले मान्नु पर्ने र सबैलाई समेट्न सके फुट को गुन्जायस नहुने र संस्था अरु बलियो हुने र संगठित हुने बताउनुभयो । सामाजिक संस्था मा व्यक्ति भन्दा आफू माथि उठेर समाजको हीतमा लाग्न सके सकारात्मक संदेश जान्छ भन्ने धारणा राख्नु भयो ।लगानीकै सन्दर्भमा अन्य युरोप ,अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुको तुलनामा हामी यस खाडी क्षेत्रमा रहेका श्रमिक ठुलो रकम लगानीका लागि सबैलाई उपयुक्त हुन नसकेको अवस्थामा साउदी अरव तथा खाडी क्षेत्रमा रहका नेपालीहरुले पनि नेपालमा लगानीका क्षेत्रका  सम्भाव्यता अध्ययन गरि साना तथा मझौला प्रोजेक्ट हरुमा लगानी गर्न सकेको खण्डमा सबैलाई समेटिने विचार पनि  राख्नु भयो । साथै जेद्धामा विगत केहि महिना देखि अस्वस्थ रही नेपाल फर्किने प्रतीक्षामा रहेका राम कुमार रिमाल संग वहाँले प्रत्यक्ष कुरा गरि सम्भव भए सम्म उपचार गरि काममा फर्किन , सबैभन्दा पहिले आफ्नो स्वास्थ्य को ख्याल गरि उपचारमा ढिला नगर्न आग्रह गर्नुका साथै हल्का प्रकृतिको कामको लागि अनुरोध गर्न सकिने भन्दै निज राम कुमार रिमाललाई सुझाब दिनु भयो नेपालनै फर्किने अन्तिम निर्णय हुँदा गैर आवासीय नेपाली संघ साउदी अरवले सक्दो सहयोग र सम्बन्धित निकायहरुसंग आवश्यक पहल र समन्वय  गर्ने तथा  उक्त विषयलाई अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा पनि म्यानपावर तथा बै.रो.बि.,लगायतका निकायहरुमा आवश्यक  पहलको थालनी समेत भएको जानकारी गराउदै केन्द्रीय कमिटि साउदी अरवको तर्फबाट पीडितको  तत्कालिन आवश्यकतालाइ पूर्ति गर्न  विशिष्ठ अतिथि श्री नारायण पासवान ज्यु  तथा केन्द्रीय कमिटिका कार्यबाहक कोषाध्यक्ष श्री लाल बा. मगरज्युको संयुक्त उपस्थितिमा साउदी रियल ५०० प्रदान गरिएको थियो ।

संस्था बिस्तारमा आइपर्ने चुनौतीहरू एवम् संस्थामा संगठित भर्इ सामाजिक सत्कर्ममा आबद्धता जनाउँदा प्राप्त हुने फाइदाहरूका बारेमा आर.सी.सी. पश्चिम क्षेत्रका सल्लाहकार  श्री अञ्जन पोखरेलले विशेष रुपमा पावर प्वाइन्ट प्रिजेन्टेशन ) Power Point Presentation) प्रस्तुत गर्नुभएको थियो र उक्त  विशेष प्रस्तुतिको दौरान उपस्थित सहभागीहरु माझमा अन्तर्क्रिया पनि सम्पन्न भएको थियो ।

लन्च ब्रेकसंगै सुरु भएको बन्द सत्रमा जनरल कन्सुलेट जेद्धाकासहचारी  श्री टंक राइ निर्वाचन पर्यवेक्षक रहेको र एन. सी.सी. सदस्य श्री पूर्ण बहादुर कार्कीको  संयोजकत्वमा ५ सदस्य निर्वाचन समितिको घोषणा गरिएको थियो र उक्त समितिले  नयाँ कार्य समिति २०१५-१७का लागि विभिन्न पदमा उम्मेदवारी आव्हान (दर्ता) गरि अन्तिम उमेद्वारी प्रस्तुत गरेको थियो । उक्त अन्तिम उम्मेदवारी घोषणा पश्चात कार्यसमितिका (उम्मेदवारी परेका र नपरेका पदहरुमा ) लागि अन्य कोहिपंजीकृत सदस्यहरु इच्छुक भए उम्मेदवारी दिनको (दाबि बिरोध ) लागि  सहभागी माझ १०  मिनेटको समय दिएकोमा कार्यसमिति सदस्य पदको लागि श्री नेत्र पराजुलीको  उम्मेदवारी आएको थियो ।नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण केन्द्रीय कमिटिका सदस्य श्री जोग प्रसाद ज्ञवालीले गराउनुभएको थियो ।

नवनिर्वाचित कार्यसमिति अध्यक्ष  श्री सन्तोष लुइटेलले संस्थाको आगामी कार्यकाल २०१५-१७ को लागि अन्तरिक र बाह्य गरि  भावी कार्ययोजनाहरु  बुँदागत रुपमा प्रस्तुत गर्नु भएको थियो ।

उक्त कर्यक्रममा आफ्नो मन्तव्यको क्रममा प्रमूख अतिथि श्री सुधिर भट्टराईले २००३ मा आफु नेपाल सरकारको तर्फबाट गैर आवासीय नेपाली संघको कार्यक्रममा सहभागी भएको स्मरण गर्दै आज ७० देशमा यो संस्थाको संजाल फैलिएको र त्यसै मध्यको एउटा राष्ट्रिय समन्वय समिति अन्तर्गतको  क्षेत्रिय  समन्वय समितिको दोस्रो साधारण सभा कन्सुलेट कार्यलयको प्रांगणमा हुनु र यसरि आफू उपस्थित भै आफ्नो विचार व्यक्त गर्न पाउनु धेरै महत्वपूर्ण विषय रहेको आफुलाई खुशी लागेको पनि बताउनु भयो ।स्थापनार्थ काल देखिनै गैर आवासीय नेपाली संघले बिभिन्न प्रकारका कार्यमा प्रत्यक्ष सहभागिता जनाउदै आएको तथ्यहरु दर्साउनु भयो ।स्थानीय स्तरमा श्रमिकका विषय होस् या अन्तर्राष्ट्रिय स्तरबाट देश विकासमा समेत विभिन्न कदमहरु चलिसकेको र अन्य धेरै परोपकारी कामहरु गैर आवासीय नेपाली संघले गर्दै आएको र यी कार्यहरु अति नै सराहनीय रहेका पनि बताउनु भयो । नेपाल सरकारले एन. आर.एन. ए. का गतिविधिलाइ सहयोग र सहकार्य गर्न फोकल पोइन्टको स्थापना केहि वर्ष अगाडि नै गरि सकेको र सहकार्य गर्दै आएको र यदि  क्षेत्रिय समन्वय समिति जेद्धाले पनि जनरल कन्सुलेट जेद्धालाई उक्त फोकल पोइन्टक रुपमा सहकार्य गर्नको निमित्त अनुरोध गरेमा सो प्रति अति सकारात्मक रही उच्चस्तरीय सहयोग गर्ने पनि बताउनु भयो । समाजप्रति उत्तरदायी रही  रचनात्मक सहयोग गर्ने बताउदै आर. सी. सी. जेद्धाको खुलेर प्रशंसा गर्दै यस क्षेत्रमामा कन्सुलेट कार्यलयको स्थापना हुनु पूर्व यस संस्थाले यहाँ रहेका श्रमिकहरुका अनेक समस्याहरुको प्रत्यक्ष साक्षी रही उल्लेखनीय सहयोग गरेको र भविष्यमा पनि यस प्रकारको सहकार्यको अति नै जरुरि रहेको साथै  यस संस्थाले अघि सारेका श्रमिक हक र हीतका विषयमा हुन या अन्य जनसरोकारका विषयमा  नेपाल सरकार र जनरल कन्सुलेट जेद्धाको तर्फबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न पनि तत्पर रहेको जानकारी गराउदै आफ्नो भनाइ टुंग्याउनु भएको थियो ।

अन्त्यमा यस साधारण सभाका सभापति गैर आवासीय नेपाली संघ साउदी अरव पश्चिम क्षेत्रिय समन्वय समितिका अध्यक्ष  श्री ध्रुब रिजालले कार्यक्रम समापन मन्तब्यको क्रममा  २०१३-२०१५ कार्यकाल का सम्पूर्ण पदाधिकारीहरु तथा सल्हाकार महानुभावहरु, प्रमूख अतिथि , केन्दीय कमिटिबाट आमन्त्रित विशिष्ठ अतिथि तथा  केन्द्रीय कमिटिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । उक्त साधारण सभा सफल पार्न केन्द्रीय कमिटिका पदाधिकारीहरु, क्षेत्रिय कार्यसमितिका पदाधिकारीहरु र सम्पूर्ण पंजीकृत सदस्यहरुमात्र नभनी सबैको साझा कार्यक्रम ठानेर आ -आफ्नो ठाउँबाट सबैले गर्नुभएको सहयोग  प्रति आभारी रहेको समेत उल्लेख गर्नुभयो ।आपसी खिंचातानीले कुनै पनि संस्थालाई फाइदा नपुर्याएको भन्दै सामाजिक संस्था भएको नाताले असामाजिक कार्यलाई निरुत्साहित गर्दै जानु पर्ने , पदलुप्तता ,अहमता र नकरात्मक व्यक्तिगत इगोले कालान्तरमा कसैको भलो नगर्ने हुँदा सबै जुटेर जाँदा नै सबैको भलो हुने विचार राख्नु भयो । साथै साउदी अरबमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाईहरु लाई यस गैर आवासीय नेपाली संघमा आबद्ध भाई नेपालीका लागि नेपाली भन्ने यस गैर आवासीय नेपाली संघको मुल नारालाई पुरा गर्न मद्दत पुर्याउन आग्रह गर्नु भयो । नव निर्वाचित  कार्यसमितिलाइ सफल कार्यकालको शुभकामना दिंदै नयाँ कार्यसमितिले अरु थप उल्लेखनीय कार्य गर्ने विश्वास राख्दै , सम्पूर्ण श्रमिक नेपालीहरुको हकहितकालागि साथै पिडित नेपालीहरुकासमस्यालाई सम्बन्धित निकाय सम्म पुर्याई  समाधानकालागि पहल गर्नुको साथै समाधानका बाटाहरु खोज्नेमा सबै मिलेर अघि बढ्नु पर्ने धाराणा राख्दै  भविष्यमा पनि आफ्नो तर्फबाट हुन सक्ने सबै प्रकारका सहयोगलाइ निरन्तरता दिने प्रतिवद्धता जाहेर गर्दै कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रमक  श्री सन्तोष लुइटेलले संचालन गर्नु भएको थियो ।

 

भावी कार्य योजनाः

Future Action Plan