युनिटीका दलालको विदेशवाट पत्रकारलाई धम्की

Published On: Source: NRNA SAUDI ARABIA

तोयानाथ उपेक्षित
युनिटी लाईफ ईन्टरनेश्नलको सार देश दुनियाउँमा असली चेहरा र कर्तुत उदाङ्गो भईसक्दा पनि यसका प्रवास स्थित ठेकेदारी र दलाली गर्नेहरु लैनो भैसी थारियो भन्ने पीरले हिंस्रक मनोबृतीका साथ पत्रकार र सामुदायीक संचार माध्यम माथि खनिन थालेका छन । नेपाल कुवैत डट कम लाई शुरुका दिनमा पीत पत्रकारिता गरेको भन्ने दखि कलम जिम्मेवार भएन, देश विगार्ने बाँदरहरु जस्ता शब्द सिंगार गर्न पछि नपरेका स्थानीय युनिटीका लिडरहरु वास्तविकता बुझ्दै गएपछि थाके पनि साउदीवाट भने आधारातमा टेलिफोन गरी धम्काउने क्रम शुरु भएको छ । २५मे रातको बाह् बजे नेपाल कुवैत डट कमका प्रधान सम्पादक राजन रिमाललाई युनिटीका विषयमा समाचार प्रकाशन गरेको विषयलाई लिएर धाक धम्किपूर्ण अपशब्दहरु प्रयोग गर्दै एक अज्ञात व्याक्तिले टेलिफोन गरेका थिए । सम्पादकको घर ठेगाना बताउदै निजलाई घर परिवार र बाल बच्चको अवस्था बुझ्दै गर्नु भनी धम्की दिने ती व्यक्ति को हुन नेपाली दुतावास कुवैत र साउदीले साउदी सम्बन्धित देशको सरकारसँग वा त्यहाँको टेलिकम संस्था सँग सम्पर्क गरी पत्ता लगाई आवश्यक कारवाही गर्न जरुरी देखिन्छ । साथै सम्पादक रिमालको विषयमा जानकारी राख्ने ती व्याक्तिको सम्बन्ध र सम्पर्क कुवैत स्थित युनिटी लिडरहरु सँग रहेनरहेको समेत पत्ता लगाउन जरुरी देखिन्छ । युनिटीले मुलुकका विद्यमान बाह् भन्दा बढी कानूनको उलंघन गरी व्यवशाय संन्चालन गरेको र प्रवासमा शाखा विस्तार गरी अरबौको ठगी गरेको अवस्थामा प्रवास स्थित नेपाली दुतावासलाई नेपाल सरकारको स्पष्ट निर्देशन नआउदा यहाँ कार्यरत शाखाहरु र तीनका संन्चालकहरुको मनोवल बढ्न गई पत्रकारहरुलाई धम्क्याउने क्रम बढेको बताईन्छ । कारवाही र कडा निगरानी एवं खोजतलासको अभावमा कसले के गर्छर भन्ने मनस्थितीमा पुगेका यस्ता ब्याक्तिहरुका बारेमा नेपाल सरकारले स्पष्ट निर्देशन पठाई सो कार्यमा संलग्न दोषीहरुलाइ कानुनी कारवाही अघि बढाओस भनी उठिरहेको आवाजलाई वेवास्ता गर्न नहुने देखिन्छ । सम्पादक रिमाललाई साउदीवाट ००९६६५०६९४६३३४ को टेलिफोन वाट धम्की आएको थियो । अतः प्रवास स्थित नेपाली समुदायका लागि पत्रकारिता गर्ने वेब पत्रिकाका पत्रकार मरुभूमीको कोसेली तथा नेपाल पत्रकार महासंघ तदर्थ समिती कुवैतका तर्फवाट अनुरोध गर्दछौ की छद्यमभेषी ती युनिटीको नाम र कामको बचाउ गर्ने व्याक्ति जो कोही भए पनि यस्तो घृणीत कि्रयाकलाप बन्द गरियोस हामी सो कार्यको घोर निन्दा र भत्स्रना गर्दछौ । साथै साउदी दुतावासले सो नं का व्याक्तिको खोजी गरी आवश्यक कारवाही गर्न माग गर्दछौ ।
यो समाचार तयार पार्दापार्दै हामीलाई प्राप्त पछिल्लो समाचार नेपाल पत्रकारमहासंघ तर्दथ समिती अर्थात नेपाल पत्रकार महासंघ नेपाल {प्रस्तावित} कुवैत का अध्यक्ष आर वि बुढाथोकी द्धारा नेपाली दुतावास कुवैतलाई उक्त नं.वाट ज्यान मार्ने धम्की दिने व्याक्ति पत्ता लगाई आवश्यक कारवाही गर्न अनुरोध गर्दै सो कार्यको विरोध र भत्स्रना गरेको बुझिएको छ । यसरी नै दुतावास कुवैतले समेत नेपाली दुतावास रियाद साउदी र परराष्ट्र मन्त्रालयलाई सो सम्बन्धमा जानकारी गराएको छ भने साउदी दुतावासले उक्त धम्कि दिने व्याक्तिको खोजी र अनुसन्धान शरु गरेको बुझिएको छ । यसरी नै प्रवासी पत्रकार संजाल, प्रवासी पत्रकार मन्च पत्रकार, नेपाल पत्रकार महासंघ शाखा {प्रस्तावित} कुवैत लगाएतका पत्रकारहरु र तीनका प्रवास स्थित संघ संस्थाले खेद एवं भत्स्रना गर्दै घोर निन्दा गरेका छन भने सम्बन्धित देशमा रहेका नेपाली नियोगहरुलाई कडा रुपमा प्रस्तुत हुन अनुरोध समेत गरेका छन ।

साभारः नेपाल कुवेत डट कम