प्रबासी पत्रकारहरूलाई धम्क्याउने ब्यक्तिहरूलाई तत्काल कार्बाही होस

Published On: Source: NRNA SAUDI ARABIA

कुवेतका प्रबासी नेपाली पत्रकारहरूलाई जन समुदायलाई सुसुचित पार्न सत्य समाचार प्रकाशन गर्दा पनि अबैध कारोबारमा संलग्न अपराधी मनोबृत्तिका केही ब्यक्तीहरूबाट ज्यानै लिने सम्मका धम्की दिईएको रहेछ र त्यस्तो धम्की साउदी अरबका नेपालीबाटै दिईएको बुझिन आएकोले हामी बिशेष दुखी र लज्जित पनी भएका छौं । गैर आवासीय नेपाली संघ साउदी अरब यस्तो आपराधिक मनोबृत्तिको घोर भर्त्सना गर्दछ साथै सबै प्रबासी नेपाली पत्रकार मित्रहरूलाई यस्ता अपराधिक मनोबृत्तिका ब्यक्तीहरूका अबैध कुकर्महरूलाई आगामी दिनहरूमा निर्भिकताका साथ समाजमा अझै नंग्याउन (पर्दाफास गर्न) आह्वान गर्दछ र नेपाली दुतावासहरू र अन्य सम्बध्द निकायहरूलाई समेत यस्ता ब्यक्तीहरूलाई खोजी गरी अबिलम्ब कानुनी कार्बाही गर्न समेत अपिल गर्दछ ।

धरम के.सी. 

अध्यक्ष

गैर आवासीय नेपाली संघ

साउदी अरब

 नेपाल अरब डट कम मा प्रकाशित समाचार

   

अव विदेशका पत्रकार पनि सुरक्षित रहेनन् / अञ्जान नम्बरबाट कुवेतका पत्रकारलाई युनिटीको समाचार लेखेकोमा ज्यान मार्ने धम्की

 नेपाल र बिदेशमा संचालित नेटवर्किङ कम्पनी एस्युरेन्श युनिटी लाईफका बारेमा केही दिन अगाडि मुलुकका बिभिन्न मिडिया मार्फत युनिटी लाईफ इन्सुरेन्स गैरकानुनी भएको ब्यापक चहल पहल भयो। कुवेतबाट संचालित मिडियाले पनि त्यसैका आधारमा युनिटी लाईफ एस्युरेन्सकाबारे समाचार प्रसारण गर्दै आएका छन् ।

यसै बिषयमा आफुलाई युनिटीका लिडर बताउने ब्यक्तीले साउदी अरब फोन न + ९६६ ५०६९४६३३४ बाट नेपालकुवेत डट कम तथा यसैको मताहतमा प्रकाशित मरुभूमीको कोसेली छापा पत्रीकाका प्रधान सम्पादक श्री राजन रिमाल ज्युलाई र ईन्टरनेट अर्थात ००० मात्रै नम्बर देखिएको नम्बरबाट सुजन केसिलाई नेपाल जान नदिने र नेपालमा रहेको निजको परिवारलाई पनि मार्ने धम्की आएको हुँदा सरोकारवाला निकाय मार्फत धम्की दिनेलाई कारबाही गरी र निजको घरपरिबारलाई सुरक्षाको लागि कुवेत पत्रकार माहसंघ शाखा तदर्थ समितीले हार्दिक आपिल गरेको छ ।

सबै सहकर्मी पत्रकारहरु एकजुट भएर अगाडि बढन संसार भरी छरिएर रहनु भएका पत्रकार मित्रहरुमा हार्दिक अपिल गर्दै नेपाल पत्रकार महासंघसँग धम्कि दिने ब्याक्तीलाई कार्बाही गर्न र पत्रकारको संरक्षणमा उचित कदम चालिदिन हार्दिक अपिल समेत गरेको छ ।

गैर कानुनीरुपमा स्थापित यस्ता कम्पनीहरुको सवैतिरबाट विरोध जनाइरहदा पनि यसलाई करेक्सन गरि डुव्न लागेको लाखौं नेपालीहरुको लगानीलाई सुव्यवस्थित गर्नेतर्फ यसका संचालक तथा प्रतिनिधिहरु लाग्नु पर्ने वेला उल्टै पत्रकारले समाचार छाप्यो भन्दै ज्यानै मार्ने धम्की दिने यस्ता कुतत्वहरुलाई समाजबाट तिरस्कार तथा सो व्यक्तिको पहिचान गरि कारवाही हुनु पर्दछ नत्र कसैले कहिबाट पनि पत्रकारलाई धम्काउने तथा ज्यानै लिने हदसम्म नपुग्ला भन्नु के विश्वास ।

यस स्थितिमा नेपालअरव डट कम सम्पूर्ण पत्रकार साथीहरुलाई एकजुट भइ विरोधमा उत्रन हार्दिक अपिल गर्दछ ।

Posted on : May 27, 2010, 8:53 am

 प्रबासी नेपाली पत्रकार सञ्जाल कुवेतको प्रेश बक्तब्य