युनिटीका सञ्चालकसहित ८ पक्राउ

Published On: Source: NRNA SAUDI ARABIA

 कारोबार संवाददाता, काठमाडौं १२ जेठ

युनिटी लाइफ इन्टरनेसनलका साचालकमध्ये एक जनासहित प्रहरीले सो समूहसँग आबद्ध आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साचालक विष्णु खत्री आइटी निर्देशक सुदीप घिमिरे राष्ट्र बैंकले नियन्त्रणमा लिएको मध्यमााचल ग्रामीण विकास बैंकका प्रवन्ध निर्देशक रामदेव यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंले युनिटीसँग आबद्ध अरु ५ जनालाई पनि पक्राउ गरेको छ । शोभा बीसी हरि भण्डारी बिना दाहाल धु्रव सापकोटा र गोमा थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि गत सोमबार ललितपुरस्थित युनिटीको कार्यालयबाट प्रहरीले आर्थिक विभागका निर्देशक भीम गुरुङ र यात्रा निर्देशक नेत्र राजवंशीलाई पक्राउ गरेको छ । गृह मन्त्रालयले युनिटीले कानुनविपरीत नेटवर्क व्यापार गरेको भन्दै आठ जना साचालकलाई गत साता पक्राउ पुर्जी जारी गरेको थियो । युनिटीमाथि सरकारले विभिन्न १२ वटा कसुरमा अनुसन्धान जारी राखेको छ । सरकारले यसअघि नै साचालकहरुको बैंक खाता रोक्का गर्न र संचालकहरुलाई विदेश जान नदिन सम्बन्धित निकायलाई पत्राचार गरेको गरिसकेको छ । ग्रामीण विकास बैंकमा युनिटीको सेयर रहेको पुष्टि भएपछि राष्ट्र बैंकले मंगलबार साचालक समिति निलम्बन गरेको हो ।