चार नेटवर्क कारोबारलाई प्रतिबन्धसम्बन्धी रिटमा सर्वोच्चमा आज बहस हुने

Published On: Source: NRNA SAUDI ARABIA

काठमाडौ, जेठ १२

सेवा र बस्तुको नेटवर्क व्यापारमा प्रतिवन्ध लगाउने सरकारी निर्णणविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गर्ने या नगर्ने भन्ने विषयमा सर्वोच्च अदातलले आज छलफलका लागि सम्बन्धित पक्षहरूलाई बोलाउने भएको छ।  
सरकारले सबै किसिमका नेटवर्क व्यवसायमा रोक लगाएपछि नेटवर्क गरिरहेका  चार कम्पनीले सोमबार दायर गरेको रिटमा उक्त अदालतका न्यायाधीश तपबहादुर मगरको एकल इजलासले सो आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय गरेको हो।  
रोवियस इन्टरनेसनल, हर्वो इन्टरनेसनल, वर्ल्ड विजनेस लिङ्क र क्रिष्टल भिजन इन्टरनेसनलका तर्फबाट वारेस ईश्वर अधिकारीले व्यापार गर्न पाउने मौलिक हकको हनन भएको दावी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, गृहमन्त्रालय, उद्योग मन्त्रालय र वाणिज्य विभागलाई विपक्षी बनाइ सो रिट दायर गर्नुभएको थियो।

साभारः विक्ली नेपाल