समाचार हटाइयो

Published On: Source: NRNA SAUDI ARABIA

आदरनीय पाठक बृन्द
दुबईका पत्रकार जाकीर हुसैनले लेखी नेपाल दुबई डट कममा प्रकाशित एनआरएनएको टास्क फोर्स कमिटीहरूमा युएईबाट मनोनित सदस्यहरू सम्बन्धी समाचारमा हामीले साउदी अरबबाट समेत मनोनित हुनुभएका सदस्यहरूका बारेमा समाचार थपेर यसै साइटमा राखेका थियौं । समाचार आंफैमा सत्य र यथार्थमा आधारित भएता पनि थपिएको समाचारले साउदी अरबका केही ब्यक्तीको सम्मानमा चोट पुर्याएको भनी लुम्बिनी प्रबासी मञ्च, नेपाली जन प्रगतिशिल मञ्च लगायत केही ब्यक्तीहरूबाट प्राप्त भएका इमेल र समाचारमा ब्यक्त कमेन्ट मार्फत जनाएकोमा हाम्रो एनसिसीकै केही साथीहरूले श्रीजित बिवादलाई नबढाउन उक्त समाचारलाई नै हटाउन सुझाव दिए अनुसार हामीले उक्त समाचारलाई यस साइटबाट हटाएको जानकारी गराउंदछौं । साथै यो स्मरण गराउन चाहन्छौं कि श्रीमति यास्मीन बेगमलाई एनआरएनए एनसिसी साउदी अरबले नै आइसिसी सदस्यमा मनोनयनका लागि सिफारिस गरी पठाएको थियो र मनोनयन पश्चात नेपाली दुतावास रियादको प्रांगनमा एनसिसी अध्यक्षले नै पुष्प गुच्छाले स्वागत पनि गरेका हुन । समाचारमा बेगम आइसिसीको टास्कफोर्स कमिटीमा पनि छानिएकोमा आपत्ती थिएन बरू शिर्षकमा नै उल्लेख भए झै युएईबाट ६ जना पर्दा साउदी अरबबाट २ जना मात्रै किन ? भन्ने प्रश्न थियो । साउदी अरबबाट पनि बिभिन्न प्रतिभाशाली र क्षमतावान ब्यक्तित्वहरूको पहिचान गरी उनीहरूलाई पनि आइसिसीका बिभिन्न टास्कफोर्सहरूमा अवसर दिलाउने प्रमुख अभिभारा साउदी अरबबाट आइसिसीमा प्रतिनिधित्व गर्नेहरूकै हो जसमा आफ्नो मनोनयन पश्चात श्रीमति बेगमको पनि हुनगएको थियो । आइसिसीमा साउदी अरब पुडको देखियोस भन्ने यहांका कोही पनि एनआरएन चाहदैनन । अतः हामी आसा एवम् अनुरोध गर्दछौं कि साउदी अरबबाट आइसिसीमा प्रतिनिधित्व गर्ने हाम्रा सबै प्रतिनिधिहरूले आइसिसीमा साउदी अरबको उपस्थितीलाई अझै वजनदार र गरिमामय बनाउन सकून र हामी आगामी दिनमा शुभ समाचार लेख्न, छाप्न पाऔं ।

सम्पादक मण्डल
www.nrnaksa.org