साउदी अरबमा सामाजिक सन्जाल फेसबूकको एक महत्व र उपयोगीता

Published Date: Monday, August 26, 2013 | Source: NRNA SAUDI ARABIA

जैबी राई(तुफान)

महासचिब NRNA-NCC KSA

२५ अगस्ट २०१३ रियाद

विश्वामा लोकप्रियता कमाएको सामाजिक सञ्जाल फेसबूकको  साउदी  अरबमा पनि सामाजिक सञ्जाल फेसबूकको बिशेष महत्व रहदै आएकोछ । साउदी अरबमा नेपाली पत्रकारहरुको उपस्थिती सुन्य जस्तै रहेको बेला यसको उपयोगीता बढेको देखिन्छ । खाडी मुलुक अन्तर्गतको साउदी अरबमा सबै भन्दा बढी नेपाली श्रमिक कामदारहरु रहेको मुलुक भनेर बिभिन्न समयमा सुन्ने गरिन्छ भने यो सत्य पनि हो । गरिबिको जातो मुनी पिल्सिएको बेरोजगार नेपाली युबाहरुको बैदेशिक रोजगार अन्तर्गत पहिलो गन्तब्यको रुपमा पनि यो मुलुक चिनिन्छ । यसरी बर्सेनी नेपाली युबाहरु साउदी अरबमा रोजगारिको सिलसिलामा आउने क्रम संख्यातमक हिसाबमा बढी देखिन्छन भने यहाँ बिभिन्न कारणले ज्यान गुमाउने नेपाली कामदारहरु पनि बढी नै रहेको दु:खद समाचारहरु सुन्ने गरिन्छन । त्यस्तै नेपालबाट यहाँ आए पछी भनेको बमोजिम कम्पनी अथवा मालिकहरुले भने बमोजिमको तलब सुबिधा नदिदा नेपाली श्रमिकहरु पीडित बन्दै आइरहेका छन । यी तमाम समस्याहरु झेल्न र भोग्न बिबस नेपाली कामदारहरुको सम्बन्धित निकायसम्म पुग्ने सिधा माध्यम नहुँदा उनीहरुले सामाजिक सञ्जाल फेसबूक प्रयोग गर्ने गरेको देखिन्छ ।

यहांस्थित सामाजिक सस्थामा आबद्ध ब्यक्तीहरुलाई तथा राजनीतिक संगठनका आधिकारिक फेसबूकमा म्यासेज छोड्ने गरेको पाईन्छन । साउदी अरबमा पछिल्लो समयमा बिभिन्न संघ संगठनहरुको नाममा धेरै संगठन खोलिएपनि बिशेष गरेर नेपाली श्रमिक मजदुरहरुको समस्या सुनिदिने र बुझी सम्बन्धित ठाउँसम्म पुर्याउने काम साउदी अरबमा स्थापित मजदुर मैत्री सगठनहरु एकदम न्युन रहेकाछन जसमा ए नेकपा माओवादीको बिदेश बिभाग अन्तर्गतको सगठन नेपाली जनप्रगतिसिल मन्च साउदी अरबले स्थापनाकाल देखी नै श्रमजिबी नेपाली मजदुरहरुको पक्षमा काम गर्दै आइरहेकोछ त्यस्तै नेकपा माओवादी समर्थक नेपाली जनप्रगतिसिल मोर्चा साउदी अरबले पनि नेपाली मजदुरहरुको पक्षमा जोड तोडले आवाज उठाउदै आइरहेका छन भने गैर आबासीय नेपाली संघ साउदी अरबले पनि मजदुर मैत्री भएर काम गरी रहेको छ भन्ने कुरा चाँही कहीं लुकाएर लुक्दैन ।

साउदी अरबमा २०१० बाट  थोरै मात्रा नेपालीहरुले प्रयोग गरेको सामाजिक सञ्जाल फेसबूक २०१२ बाट यसको प्रयोग बढेर गएको मान्न सकिन्छ र हालसम्म आइपुग्दा साउदी अरबमा रहेका नेपाली फेसबूक प्रयोगकर्ताहरुले आ-आफ्नो समस्या एक आर्कामा आदान प्रदान गर्ने सजिलो र छरितो माध्यमको रुपमा लिएको अनुमान सजिलै गर्न सकिन्छ । साउदी सरकारले आम माफिको घोषणा गरे पछी मेरो आफ्नै म्यासेज बक्समा १० देखी १५ वटा म्यासेज आउने गरेको मोबाइल नम्बर माग्ने बिभिन्न जानकारी माग्ने गरेका छन भने आमा माफी घोषणा हुनु भन्दा अगाडि मेरा ४००को संख्यामा रहेका साथी अहिले बढेर ६०० भन्दा माथि पुगेकोछन । यसबाट पनि साउदीमा फेसबूकको महत्व रहेको प्रस्ट हुन्छ ।

तर दु:खको कुरा सामाजिक सन्जालमा पोस्ट भएको समाचार मुलक सुचनाहरु बिभिन्न अन-लाइनमा काम गर्ने पत्रकार भनाउंदा केही मित्रहरुले जस्ताको तस्तै कपी पेस्ट गरेको पाईन्छ । साउदी अरबको(अल खर्ज) अल अखोयान् पोल्ट्री फार्म कम्पनीमा २३ अगस्ट २०१३ का दिन काम गर्दा गर्दै अचानक दुर्घटनामा परी बिभत्स तरिकाले ज्यान गुमाएका धादिङका रामु गुरुङ्को अत्यन्तै दर्दानक तस्बिर भएको सुचना पनि फेसबूक मार्फत नै बाहिर आएको थियो भने लगतै एक अन लाइन पत्रीका sky न्युज ले जस्ताको तस्तै कपी पेस्ट गरिको देखियो । सुचना सुचित गर्ने हक सबैमा हुन्छ तर यस्तो दर्दनक खाले तस्बिरहरु पोस्ट गर्दा सम्बन्धित परिवार आफन्तजनलाई पर्न सक्ने सामाजिक असर र चिन्ताको पनि ख्याल गर्नु पर्ने देखिन्छ । यो सामाजिक सन्जाल फेसबूक सहि ढंगले  उपयोग गर्न जान्नेहरुको लागि बिभिन्न माध्यम सँग जोडीन अत्यन्तै सहज् देखिन्छ भने गलत तरिकाले उपयोग गर्न खोजिए सास्ती र आलोचना पनि नखेपिएला भन्न सकिन्न भन्नेमा सबै सचेत हौं ।