प्रेश बिज्ञप्ती, एनआरएनए एनसिसि साउदी अरब

Published Date: Monday, September 18, 2017 | Source: NRNA SAUDI ARABIA

प्रेश बिज्ञप्ती

१८ सेप्टेम्बर २०१७

केही मिडिया / सामाजिक सञ्जालमा नेपाली दूतावास रियादको मातहतमा पुर्बी क्षेत्रमा नियुक्त स्थानिय कर्मचारीको नियुक्तीका बिषयमा यस संस्था तथा पदाधिकारी(हरू)लार्इ बिबादमा पार्ने कोशिस भएको परिप्रेक्षमा गतः १३ सेप्टेम्बर २०१७ मा एनसिसी साउदी अरबको आकस्मिक साइबर बैठक बसी यस प्रकारका निर्णयहरू गरिएको जानकारी गराइन्छः

एनआरएनए एनसिसि साउदी अरब

निर्णय नं. १

  1. स्थानिय कर्मचारीको नियुक्तीमा बिगतमा भएको त्रुटी तथा निजको कार्य सम्पादनको यस संस्थाले गरेको मुल्यांकन र बिशेषतः पुर्बी क्षेत्रमा भोगिएका, देखिएका, बुझिएका बिभिन्न (देहायमा उल्लेखित ८ वटा) कारण, असर र परिणतिहरूबारे सम्बन्धित जिम्मेवार निकाय(हरू) तथा यस क्षेत्रमा रोजगाररत नेपाली श्रमिक समुदायलार्इ जानकारी गराउन चाहन्छौं । नयाँ नियुक्ती जो जसले जसरी गरेपनि यस क्षेत्रका तमाम नेपाली श्रमिकहरूलार्इ उनीहरूले अनुभूति गर्न पाउने गरी सांचो अर्थमा प्रभावकारी सेवा दिन सक्ने निश्पक्ष, सक्षम, मिलनसार, मजदुरमैत्री ब्यक्ति या पदाधिकारी आउन भन्ने यस संस्थाको धारणा छ ।

     

    कर्मचारी परिवर्तन गर्नुपर्ने कारणहरूः

     

  1.  नियुक्ती नै सर्वमान्य बिधी र प्रकृया संगत नभर्इ राजनैतिक दल बिशेषको स्वेच्छाचारितामा भएको ।
  2.  कैयन सेवाग्रहीहरूसंग छुद्र बचन, अभद्र ब्यवहार, अहंकारी र असहयोगीका रूपमा बदनाम ।
  3.  सन २०१४ को आममाफीमा चरम कमिशनखोरी रोक्न नसकेको ।
  4.  एमआरपीमा ९० रियालसम्मको कमिशनखोरी रोक्न नसकेको ।
  5. एमआरपीमै जुबैल अन्नपुर्ण रेस्टुरेण्टमा एनआरएनए साउदीका स्वयम सेवकहरूले हप्तौसम्म निशूल्क सेवा दिएका १९७ जना सेवाग्रहीहरूका पासपोर्टहरू नबुझिदिएर तत्कालिन उपाध्यक्ष डमर यादवको रूममा खोबर ल्यार्इ महिनौ राख्नुपरेको र सेवाग्रहीहरू प्रति असहयोगी बन्दै अत्यधिक ढिलार्इ गरिदिएको । जबकि कमिशन लिएर सेवा लिनेहरूका पासपोर्ट भने तत्काल बुझेर द्रुत सेवा दिर्इ बिभेद र कमिशनखोरीलार्इ बढावा दिएको ।
  6. सन २०१७ को दोस्रो आममाफीमा दमाम क्षेत्रमै २,५०० भन्दा बढी नेपालीहरूलार्इ भगाएर तलबै नदिर्इ बिचल्लीमा पारेका दलाल (नेपाली)का बिरूद्ध उजुरी दिन जांदा उजुरी नबुझेको र पछि दूतावासमा सिधै उजुरी पर्दा पनि निज दलाललार्इ उल्टो संरक्षण दिएको ।
  7. यस क्षेत्रमा पीडित कामदारहरूले प्रायः आफूले पाउनुपर्ने तलबै नपार्इ स्वदेश फिर्न बाद्य बन्नुपरेको, ड्युटीमै बिभिन्न कारणबस मृत्यु हुंदा पनि प्रायः हृदयाघात भन्दै मृतकका परिवारले पाउनसक्ने बिमा सुविधाबाट बञ्चित हुंदा नेपालीको हक हितको रक्षा गर्न नसकेको ।
  8. समग्रमा आचरण, संगत र ब्यवहारमै पनि दलाल र दलालमैत्री नै रहेको, आम मजदूर हक हित बिरोधी र असहयोगी रहेको ।

     

  1. साउदी अरबमा कथित मिडिया (एन ए मिडिया) तथा कथित लेखक तथा पत्रकार महेश श्रेष्ठबाट लेखन, सम्पादन, प्रकाशन लगायत पत्रकारिताका आधारभूत सिद्धान्त, मूल्य मान्यता, मापदण्ड, आचार संहिता नै उलंघन गरी अत्यन्तै गैर जिम्मेवार ढंगमा यस संस्था, संस्थाका पदाधिकारीहरू, दूतावास तथा नव नियुक्त राजदूतज्यु समेतलार्इ अनावश्यक बिवादमा तान्दै बदनाम गराउने कुचेस्टा देखिएकाले यस्ता कुप्रबृतिहरूलार्इ निराकरण गर्न सम्बन्धित ब्यक्तिहरूलार्इ दूतावासले स्पस्टिकरण लिर्इ गलत देखिए कार्बाही समेत गराउन गैर अ।वासिय नेपाली संघ, एनसिसी साउदी अरब संस्थागत माग गर्दछ ।

     

     

    उमेश भटरार्इ

    प्रवक्ता

    एनआरएनए एनसिसि

    साउदी अरब

Download Publication