ActivityModule

किन गरे प्रचण्डपुत्रले दोश्रो विवाह ? पूर्वपत्नीको बयान

Posted Date: Friday, February 18, 2011 | Source: NRNA SAUDI ARABIA


१८ फेब्रुअरी २०११
प्रचण्डपुत्र प्रकाश दाहालले किन दोश्रो विवाह गरे भनेको त पहिलो विवाहमा प्रभा बोगटीसंग विवाह हुनासाथै असमझदारी सुरु भएको रहेछ । विवाहको मात्र होइन, विवाह हुनु अगाडिको र पछाडिको सबै नालिबेली बताएकी छिन्, प्रकाशकी पूर्वपत्नी प्रभाले । प्रभाले दिएको बयान नेत्र पन्थीले तपाई पाठकका लागि जस्ताको तस्तै उतारेका छन् ।
भौतिक पूर्वाधारले सापेक्षिक सम्पन्न नुवाकोटको तुप्चे गाउँ विकास समितिमा कम्युनिस्टको राम्रो प्रभाव थियो । तुप्चे गाविस –२, भित्रिनिटार गाउँमा २०४४ असार २९ मा मेरो जन्म भयो । म दुई वर्षको हुदा नै हामी सगोल परिवारबाट अलग भयौं । र, एकल परिवार भई बस्यौं । घरमा बाबा (दिवाकर), आमा उषा, दाइ रवि, दिदी प्रतिभा र मसहित पाचजना थियौं ।
तर हामी पाचैजना सँगै घरमा भएको मलाई सम्झना छैन । किनभने बाबाले २०३५ तिरबाट नै राजनीतिक यात्रा सुरु गर्नुभयो । र, भूमिगतजस्तै हुनुभयो ।
बाबा भूमिगत भए पनि आमासँगै थियौं । खासै अप्ठ्यारो थिएन । आमाले राम्रैसँग पालनपोषण गर्नुभयो । बरु बाबा सँगै नहुँदा पनि पार्टी र क्रान्तिलाई सानैबाट चिन्यौं ।
हामी सानै थियौं । पुलिस विभिन्न रूपधारण गरेर घरमा आउँथे । दिउसो हामी स्कुलमा हुन्थ्यौं । प्रहरी आउदा आमा लुक्नुहुन्थ्यो । प्रहरी ज्यादती बढ्यो । घरनजिकै सैनिक ब्यारेक थियौं । यस्तै प्रतिकूल वातवरणले आमालाई भूमिगत हुन बाध्य पार्यो ।
२०५४ पछि अवस्था निकै भिन्नै भयो । यसै वर्षको वैशाख १३ मा आमा भूमिगत हुनुभयो । आमाको भूमिगत राजनीतिक यात्रासँगै मेरो जीवनमा नया मोड आयो । पाच कक्षामा पढ्दै थिएँ, आमा भूमिगत हुँदा । त्यतिवेला जनयुद्ध तीन वर्षको र म नौ वर्षकी थिएँ ।
नौ वर्षको उमेर हाम्रो सामाजिक परिवेशमा बाल्यकाल नै हो । आमासँगै बस्ने र पढ्ने उमेरका दिन थिए, मेरा । तर मैले त्यो अवसर पाउन सकिनँ । आमा भूमिगत हुँदा उहाँको सम्झनाले निकै सतायो । अत्यन्तै कमजोर बनें । हजुरआमा, फुपू, दिदी, काकाकाकी दाइ–दिदी सबैले माया गर्नुहुन्थ्यो । तर पनि आमाको अभाव भइरह्यो । आमाले घर छाडेपछि भौतिक रूपमा पनि कमजोर भएँ । त्यसअघि आमाले मलाई कहिल्यै पनि एक्लै छाड्नुभएको थिएन ।
कान्छी छोरी परिवारमा अत्यन्त मायामा हुर्किएकी म । आमा भूमिगत भएपछि घरमा म, दाइ, दिदी, हजुरआमा र फुपूदिदी (मैया बोगटी) सग बस्न थालें । क्रमशः दाइ विद्यार्थी र दिदी कलाकारको माध्यमवाट राजनीतिमा जोडिनुभयो । बाआमा, दाइ र दिदी सबै राजनीतिमा । घरको वातावरण नै राजनीतिमय बन्यो । मेरो बालामनलाई पनि यसले प्रभाव पार्यो । क्रमशः राजनीतिक चेतना पाउँदै गएँ । बिस्तारै–बिस्तारै चेतना बढ्दै गयो, मेरो । पार्टी र क्रान्ति जीवनको हिस्साजस्तै भयो ।
अनेकौं दुःख–कष्ट झेल्दै पढ्न जान्थें, त्यतिबेला । २०५७ देखि विद्यार्थीको विद्यालय इकाईमा रहेर काम सुरु गरें । त्यतिबेला म आठ कक्षामा पढ्थें, घर नजिकैको चण्डेश्वरी उच्च माध्यमिक विद्यालयमा । देशमा राजनीति उथलपुथल हँुदै गयो ।
जनयुद्ध पाँचौं वर्षमा थियौं । धक्कामूलक फौजी कारबाहीले जनयुद्धको उचाइ बढ्दै थियौं । उता, प्रहरी प्रशासन माओवादीविरुद्ध परिचालित थियौं । परिवारका सबै सदस्य क्रान्तिमा थियौं । प्रशासनले हामीमाथि गिद्देदृष्टि लगाउन थाल्यो । हामीमाथि निगरानी बढायो ।
म नौ कक्षामा र दिदीले १० कक्षामा पढ्दै थियौंै । त्यसैताका एक दिन हामी बल्लबल्ल बाँच्यौं । पुरानो सत्ताका सुरक्षाकर्मीले घर घेरा हाले । घरवरिपरि सेना÷प्रहरी मात्र थिए । उनीहरू स्कुलतर्फ आए । बाटोमा, घरमा अनि स्कुलतर्फ पनि आउँदै थिए । हतारहतार स्कुल नजिकैको नेत्रहीन आवासगृहमा छिर्यौं, म र दिदी । ढोका बन्द गर्यांै । र, कोठामा लुक्यौं ।
सेना र प्रहरी हामी लुकेको कोठाको ढोका नजिकैबाट फर्के । मृत्युको नजिकै पुगेर बाँचिएको त्यो दिन आज पनि मानसपटलमा ताजै छ । उनीहरूको गिरºतारमा परेको भए जे पनि हुन सक्थ्यो ।
राजनीतिक जटिलतासँगै मेरो विद्यालय जीवन कठिन र चुनौतीपूर्ण बन्दै गयो । पढाइ राम्ररी अगाडि बढाउनुपर्ने बेला अनैकौं मानसिक यातना भोग्नु पर्यो । प्रहरी दमनले दाइले घर छाड्नुभयो । घरमा अब दिदी, हजुरआमा र ममात्र भयौं । फुपूदिदी मैया बोगटीलाई पनि सेनाले पक्राउ गर्यो । र, एक हप्ता हिरासत राखेर छाड्यो ।
आमा भूमिगत भएपछि पनि सेना÷प्रहरी आइरहन्थे र दुःख दिन्थे । एक दिन घरमा सबै जम्मा भएका थियौं । घरमा विविध परिकार बनेको थियौं । सेना र प्रहरी आए । सबै परिकार फालिदिए । दराज फोरिदिए । अन्न पोखिदिए । घरमा भएका घरेलु औजार (खुकुरी, हँसियासमेत) लुटे । हजुरआमाले प्रतिकार गर्दा बन्दुक सोभ्mयाए र ‘मारिदिन्छांै बूढीलाई’ भने, सेना प्रहरीले ।
‘जनवादी गणतन्त्र हुदै समाजवाद–साम्यवाद चुम्ने माओवादीको उद्देश्य हो ।’ जनयुद्धबारे मेरो बुझाइ थियौं । पूरै देश प्रभावित थियौं, जनयुद्धबाट । जनताको न्यायपूर्ण आन्दोलन दबाउन प्रशासन हरेकखालका हथकण्डा अपनाउँदै थियौं । दमन र अत्याचार प्रशासनको कर्तव्य नै थियौं ।
सम्झ्न्छु– २०५८ मङ्सिर ८ को त्यो दिन । सम्झ्ना हुने नै भयो, त्यो ऐतिहासिक दिन । जनमुक्ति सेनाले घोराही, स्याङ्जाको पुतलीबजार र सोलुको सल्लेरीमा एकसाथ आक्रमण गरेको त्यो दिन । शाही सेनामाथि जनमुक्ति सेनाको पहिलो आक्रमण थियौं । दाङ सदरमुकाम कब्जा गर्यो, जनमुक्ति सेनाले ।
त्यो कारबाहीले नयाँ राजनीतिक शक्ति सन्तुलन पैदा गर्यो । मङ्सिर ११ बाट तत्कालीन शेरबहादुर देउवा सरकारले सङ्कटकाल घोषणा गर्दै माओवादीलाई ‘आतङ्ककारी’ भन्यो । सरकार तीव्र दमनमा उत्रियो । ‘माओवादीका नाममा जसलाई जहाँ मारे पनि हुने, गिरºतार गरे पनि हुने’ राज्यको घोषित नीति बन्यो ।
सङ्कटकालका कारण नै दिदीले एसएलसीको परीक्षा दिन सम्भव भएन । परीक्षा दिन नपाउँदै दिदी भूमिगत हुनुभयो । दिदी पनि हिँडेपछि घरमा हजुरआमा र ममात्रै भयौं । ममाथि निगरानी बढ्न थाल्यो । माओवादी नेताका छोराछोरी असुरक्षित बन्दै गए । विद्यालयबाटै पक्राउ गर्ने र मार्ने क्रम सुरु भयो । केन्द्रीय सदस्य हेमन्तप्रकाश ओलीकी छोरीलाई विद्यालयबाट पक्राउ गरी हत्या गर्यो, राज्यले । यस्तै–यस्तै अवस्थाले मैले पनि घर छाडी भूमिगत हुने योजना बनाउन थालें ।
घर छाड्नु एक दिनअघि स्कुल गएकी थिएंँ । भोलिदेखि स्कुल छुट्नेछ, जीवनको नया यात्रामा हुनेछन् मेरा पाइला मनभरि सोचेकी थिएँ । सबै साथी सदाझैं सामान्य थिए । तर त्यस दिन म बिलकुलैै फरक थिएँ । भोलि घर छाड्दैछु, कस्ता हुनेछन्, अबका दिन यस्तै–यस्तै सोचाइ र भावनाले अत्यन्त उद्वेलित थिए ।
सङ्कटकालकै परिवेश थियौं । २०५९ वैैशाख २४ (जतिबेलामा कक्षा १० मा अध्ययनरत थिएँ) देखि पूर्णकालीन भएँ । त्यसै दिन घर छाडें । घर छाड्दा साथीहरूसँग भेट भएन । दाइ र दिदीसँग पनि सम्पर्क गर्न पाइनँ । घर छाड्दा सबैभन्दा चिन्ता हजुरआमाको लाग्यो । हजुरआमा घरमा एक्लै हुनुभयो म हिँडेपछि ।
घर छाडेको त्यो दिन । मेरालागि नितान्त फरक थियौं । गाउँका मानिस घासदाउराका भारी बोकेर उकाली–ओराली गर्दै थिए । गाउँले कामको हतारमा देखिन्थे, सदाझंै ।
घर छाड्नुपूर्व आमाले फोनमार्फत नेपालगन्ज सम्पर्क दिनुभएको थियौं । बिहानको खाना खायौं । काका र म बिहान नौ बजे काठमाडौं जाने गाडीमा चढ्यौं । त्यसदिन काठमाडांैमै आफन्तकहाँ बस्यौं । अर्को दिन बिहानै नेपालगन्जका लागि बस चढ्यौं । बाटोमा रहेका सेनाका पोस्ट पार गर्दै सकुशल साँझ नेपालगन्ज पुग्यौं । दिदीको घरमा मिल (अन्न पिस्ने) थियौं । त्यही मिल खोज्दै दिदीको घर कोहलपुर पुग्यौं । अँध्यारो भइसकेको थियौं, दिदीको घरमा पुग्दा । दुई दिन त्यही बस्यौं ।
दुई दिनपछि सुशील दाइ (जो बाबाको सहयोगी हुनुहुन्थ्यो) सँग नेपालगन्ज नाका हँुदै लखनउ गयौं । लखनउ पुग्दा रातको करिब १० बज्यो । त्यस रात प्रवास ब्युरोमा कार्यरत साथीकहाँमा बस्यौं । आमाबाबासँग भोलिपल्ट बिहान मात्र भेट भयो । बाटोमा भोगेको कठिनाइ सम्झिएँ । आमाबाबालाई देख्नासाथ म अलि बढी नै भावुक भएँ । र, रोएँ । मेरो अवस्था देखेर बाआमा पनि भावुक बन्नुभयो ।
‘छोरी चिन्ता गर्ने होइन, यस्तै हुन्छ क्रान्तिमा । विविध कठिनाइकै बीचबाट हामी अगाडि बढ्नुपर्छ,’ यसो भन्दै बाआमाले सम्झाउनुभयो ।
घर छाडेपछि औपचारिक शिक्षामा ‘ब्रेक’ लाग्यो । पढ्न चाहेको भए सक्थें होला । तर मजस्तै हजारौं बालयोद्धालाई सम्झें । पढाइभन्दा पार्टी कामलाई निरन्तरता दिने आवश्यकता महसुस गरें । बाबाले माक्र्सवादी साहित्य, बालसाहित्यसम्बन्धि पुस्तक (चम्किलो रातो तारा, बाल छापामार, युवाहरूको गीत, आमा) पढ्न दिनुभयो । सबै पढें । त्यतिबेलाको परिस्थितिलाई बुझ्न र आत्मसात् गर्न प्रेरित गरे, ती पुस्तकले ।
पूर्णकालीन सदस्य भएपछि मेरो जिम्मेवारी तोकियो । मेरो जिम्मा तत्कालका लागि बाबाको सहयोगी (कमान्ड कार्यालय स्टाफ) बनेर काम गर्ने भयो । त्यतिबेला बाबा पार्टीको स्थायी समिति सदस्य साथै पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज हुनुहुन्थ्यो । त्यस समय जनयुद्धका प्रमुख छ नेतृत्व (प्रचण्ड, किरण, बाबुराम, बादल, गौरव र बाबा दिवाकर) भारतमै बस्नुहुन्थ्यो । कामअनुसार नेपाल आउने÷जाने त भइरहन्थ्यो ।
म बाबासँग भारतको लखनउमा बसें । भूमिगत भएलगत्तै नया ठाउँ नया जिम्मेवारी पाएँ । यसलाई अगाडि बढाउनु मेरालागि चुनौती थियौं । तैपनि आºनो जिम्मेवारीलाई निरन्तरता दिइरहें । क्रान्ति अनेकौं उतारचढाव झेल्दै अगाडि बढ्दै थियौं । मेरो जीवन पनि क्रान्तिजस्तै बन्यो ।
मैले घर छाडेको दुई महिना नबित्दै पार्टी योजना सम्प्रेषण तथा कमान्डस्तरीय योजना निर्माण गर्न बैठकका लागि बाबा नेपाल जानुभयो । बाबाको कार्यक्रम त्यतिबेला गण्डकदेखि महाकालीसम्म थियौं । म लखनउमै थिएँ, आमासँग । ०५९ असार ७ मा धादिङको सत्यदेवीमा दाइको हत्या भएछ । त्रिशूलीनजिक रहेको एउटा सरकारी कार्यालयमा कारबाही गरी फर्कंदा सेल्टर बसेको ठाउँ सेनाले घेरा हालेछ र निशस्त्र अवस्थामा दाइलगायत चारजनाको हत्या गरेछ ।
करिब दुई महिनापछि बाबा आºनो कार्यक्षेत्रको काम सकी लखनउ फर्कनुभयो । त्यतिबेलै बाबाले हामीलाई दाइको शहादतको खबर सुनाउनुभयो । हामी सबै शोकविह्वल भयौं । तर आमा अलि बढी नै शोकाकुल हुनुभएकाले सम्झाउन थाल्यौं ।
स्थिति सामान्य बन्दै थियौं । मेरो एकमात्र प्यारो दाइ । उहाँको हत्याको खबर असह्य भयो । लखनउमा खट्ने सबै कमरेडमा शोक, आक्रोश र बदलाभाव पैदा गर्यो । उपचारमा आउनुभएकी भरतकुमारी रेग्मी (दैलेख, हाल सभासद्) को श्रीमान्, कमरेड विमलको श्रीमती, कमरेड राजीव केसीको छोरी र दाइको शहादतको खबर केही दिनको फरकमा सुन्यौं । एकले अर्कोलाई आफन्तको शहादतको जानकारी गरायौं ।
दाइको शहादतले क्रान्तिमा नया ढङ्गले अघि बढ्न प्रेरित गर्यो । ‘त्याग, समर्पण र बलिदान, पार्टी र क्रान्तिका लागि,’ बाबाले दाइको मृत्युपछि भन्नुहुन्थ्यो । यो कुरा मनमा सधैं खेलिरहन्छ । ‘जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि अध्यक्ष कमरेड प्रचण्डको साथ छोड्नु हँुदैन । नेपाली क्रान्तिले थुपै्र सङ्घर्षपछि नेतृत्व जन्माएको छ,’ दाइले बाबालाई सुझाव दिनुहुन्थ्यो ।
२०५९ माघको अन्तिममा दुई दाइ (फुपूका छोराहरू) को शहादतको खबर सुनें । दाइहरू दुवैजना जनमुक्ति सेना हुनुहुन्थ्यो । यो दुःखद खबरले आफूलाई सम्हाल्न सकिनँ । एकपछि अर्को दुःखद खबरले भावुक बनायो । आफूभित्रको भावनालाई विचारमा संश्लेषित गर्ने कोसिस गरें र क्रान्तिमा अघि बढिरहें । आफन्तका शहादतलाई सामूहिकतामा लियौं । र, सोच्यौं– हाम्रा आफन्तको रगतले क्रान्ति रङ्गिएको छ, क्रान्तिलाई नया उचाइमा पुर्याएको छ, हाम्र्रा आफन्तको बलिदान पनि क्रान्तिकै हिस्सा हो ।
जनयुद्ध आºनो रफ्तारमा थियौं । २०६० असार दोस्रो साता अध्यक्ष कमरेड प्रचण्ड हामीकहाँ आउँदै हुनुहुन्थ्यो । त्यतिबेला हामी लखनउमा बस्थ्यौं । र, अध्यक्ष दिल्लीमा । उहा दिल्लीबाट आउँदै हुनुहुन्थ्यो । कमरेड प्रचण्डसग योभन्दा पहिला पनि भेट भएको थियौं ।
अध्यक्ष कमरेडसगै उहाको छोरा प्रकाश पनि आउनुभएको थियौं । प्रकाशसग मेरो पहिलो भेट त्यही लखनउमा भयो । दुवै आºना बाबाका सहयोगी थियौं । कामले गर्दा लखनउ बसाइमा सगै भयौं, प्रकाश र म । हरेक काम मिलेर गर्यौं । सँगै बसाइ र सँगै काम भयो । यहीबाट एक–अर्काप्रति नजिक भयौं ।
बाबाहरूबीचकोे आत्मीय सम्बन्ध पनि हामीलाई नजिक बनाउन सहयोगी बन्यो । कम्प्युटरले पनि हामीलाई नजिक हुन मद्दत पुर्यायो । नेपालको विविध समाचार लिन हामी सँगै साइबर जान्थ्यौं । त्यसबेला कम्प्युटरबारे अलि कम ज्ञान थियौं, मलाई । प्रकाश मभन्दा ‘पर्फेक्ट’ थिए । उनले कम्प्युटरसम्बन्धी धेरै कुरा सिकाए ।
लखनउबाट रोल्पा जान कठिन थियौं । ‘कसरी जाने त ?’ बाबाहरू योजना बनाउँदै हुनुहुन्थ्यो । जनयुद्धकालमा साहसिक युवाको टिम थियौं, प्रवास ब्युरोमा । गाडीको व्यवस्थापन र बाटो तय गर्न बाबाहरूले कमरेड विमल (निर्मल आचार्य) लाई जिम्मा दिनुभयो । लखनउबाट नेपालको नाकासम्म गाडीमा आउने निर्णय भयो । नाकामा छुट्टै सम्पर्क पोस्ट हुन्थे ।
२०६० मा दोस्रो वार्ता चल्दै थियौं । तर सीमित नेता मात्र सार्वजनिक भएका थिए । हामी त्यसैबेला गाडी रिजर्भ गरेर रुपैडियासम्म आयौं । रुपैडियाबाट बाँकेको स्थानीय नेता कमरेड सङ्कल्प (अशोक रोकाया) को घरसम्म मोटरसाइकलमा गयौं । त्यहा दिउसोको खाजा खायौं र पुनः गाडी रिजर्भ गरी दाङ गयौं । दाङ पुग्दा साँझको करिब आठ बजेको थियौं । भव्य स्वागत भयो ।
उत्साहि भयौं । जनमुक्ति सेनाको ठूलो उपस्थिति थियौं । ओहो ,म त कति खुसी भएँ त्यो देखेर । दाङ त पूरै हाम्रो पकडमै थियौं । लखनउमा जस्तो डर भएन । जनताको न्यायो माया, छुट्टै प्रकारको आनन्द र उत्सास पैदा भयो मनमा । भोलिपल्ट हामी दाङबाट रोल्पाका लागि हिँड्यौं ।
रोल्पामा केन्द्रीय समितिको बैठक थियौं । २०६० मा पार्टीको ऐतिहासिक दस्तावेज ‘२१ औं शताब्दीमा जनवादको विकास’ पार्टी केन्द्रीय समितिमा बहसको विषय थियौं । गम्भीर बहस र छलफलपछि पारित यो दस्तावेज नेपाली क्रान्तिको बिलकुलैै नवीन र महŒवपूर्ण उपलब्धि थियौं ।
केही दिनको लखनउ बसाइ र रोल्पाको यो संयुक्त यात्रामा कमरेड प्रकाश र म एक अर्काबीच धेरै नजिक भयौं । जीवन क्रान्तिमा थियौं । यात्रामा पार्टी र क्रान्तिकै कुरा बढी हुन्थे । क्रान्तिको नेतृत्व गरिरहेका उच्च नेतृत्वसँगै थियौं । हामी असाध्यै संवेदनशील ठाउँमा थियौं । हाम्रो काम बाहिरबाट हेर्दा सामान्य देखिने तर आन्तरिक दृष्टिले निकै गाह्रो थियौं । नेतृत्वसँगै बसेकाले वर्गसङ्घर्षसँगै पार्टीभित्रको अन्तरसङ्घर्ष पनि बुझेका हुन्थ्यौं ।
‘क्रान्ति कसरी अघि बढ्ला ?’ सोच्थ्यौं । पार्टी र क्रान्तिसँगै हाम्रा आºना भावना पोखिएका हुन्थे, कुराकानीमा । बाबाहरूका जस्तै हाम्रा कुरा पनि मिल्थे । करिब तीन साताको रोल्पा बसाइमा रोल्पाका ऐतिहासिक ठाउँ घुम्यौं ।
बैठक सकिएपछि हामी सँगै भारत फर्कियौं । रोल्पाबाट फर्र्केपछि दुई दिन अध्यक्ष हामीकहाँ लखनउमै बस्नुभयो । त्यसपछि उहाँहरू दिल्ली जानुभयो । प्रकाश दिल्ली गएपछि हाम्रो भेट ‘च्याट’मा हुन थाल्यो । काम र नेपालसम्बन्धी खबर बुझ्न हामी इन्टरनेटको प्रयोग गथ्र्यौं । इन्टरनेट प्रयोगका लागि साइबर बस्दा कुरा गर्ने समय मिल्थ्यो । इन्टरनेट जाने समय दुवैको एउटै हुन्थ्यो । नेपालका पत्रपत्रिका बिहान आठ बजेपछि ‘अपडेट’ हुन्थे । हामीले १० बजे साइबर जाने समय मिलाएका थियौं, भेटमा ।
प्रकाशसँग मोबाइल पनि थियौं । तर मसँग थिएन । फोनमा सम्पर्क हुँदैनथ्यो । कुरा गर्ने मन लागे ‘भ्वाइस च्याट’ गथ्र्यौं । बाबाहरूको फोन नम्बर पनि समय–समयमा परिवर्तन हुन्थ्यो । फोन नम्बर टिपाउन या त्यस्तै बेला मात्र फोनमा कुरा हुन्थ्यो । अन्यथा च्याट हाम्रो सम्पर्कको नियमित साधन बन्यो ।
प्रकाशसँग केही महिनापछि फेरि भेट भयो, भारतकै गोवामा । पार्टीको पोलिटब्युरो बैठक थियौं, गोवामा, २०६० मा । प्रकाश र हाम्रो पारिवारिक सम्बन्ध पनि अति राम्रो थियौं । पार्टीका बैठकमा प्रायः सँगै खाना खान्थ्यौं । र, बस्थ्यौं । गोवाबाट फर्कंदा झन् घनिष्ठ भयौं ।
श्रद्धेय दाइको हत्याको खबरले जनमुक्ति सेना बन्ने निर्णय लिएकी थिएँ । पहिलोपटक रोल्पा जाँदा पनि नेतृत्वसँग कुरा राखेकी थिएँ, ‘नेपालमै बसेर काम गर्ने मन छ ।’
तर त्यतिबेला बाबासँगै बस्नुपर्ने आवश्यकता भयो । त्यतिबेला मेरो कामको जिम्मा प्रवास ब्युरोका कमरेड विमल (निर्मल आचार्य) ले मिलाउनुहुन्थ्यो । मैले उहासँग सेनामा जाने कुरा राखें । आमाबाबासँग पनि भनें । क्रान्तिको अग्रणी मोर्चा सम्हालिरहेका मेरो अविभावकलाई म जनमुक्ति सेना बन्ने निर्णयले निकै हर्षित बनायो ।
२०६१ मा क्रान्तिलाई नया ढङ्गले अघि बढाउन सबै नेतृत्व नेपालमै बस्ने निर्णय भयो । सबै नेतृत्व वर्ग नेपाल आउनुभयो । अध्यक्ष, कमरेड बाबुराम र बाबा केही दिनअघि आउनुभयो । म, आमा, भिनाजु (कमरेड विमल) कमरेड जीवराज (ठूल्दाइ), कमरेड सीता (प्रकाशकी ममी) लगायतको टिम अलि पछि आयौं । बाटोमा निकै कठिनाइ झेल्दै नेपाल आयौं । पहिलोपटक नेपाल आउँदा गाडीमा आएका थियौं । तर यसपटक गाडी बोर्डरसम्म मात्र थियौं । नेपाल–भारत सीमाबाट गोप्य बाटो प्रयोग गरी हिड्यौं । चुरेपहाड, दाङ हुदै रोल्पा हिँडेर नै पुग्यौं । सीमाबाट रोल्पा पुग्न एकसाता लाग्यो । हामी रोल्पा पुग्दा बाबा प्रशिक्षण दिन जाजरकोट जानुभएको रहेछ । हामी अध्यक्षसँगै बस्यौं, केही दिन । त्यसबेला प्रकाश र म सँगै भयौं ।
मैले प्रकाशसँग सेनामा जाने कुरा गरेकी थिएँ । प्रकाशको इच्छा पनि सेनामै जाने थियौं । उनले पनि बाबा र कमरेड पासाङसग कुरा राखेका थिए । तर उनलाई ‘एचक्यू’ (हेडक्वार्टर) मै आवश्यक छ भन्दै सेनामा जान दिइएन । प्रकाश रोल्पामै बसे । म सुदूरपश्चिम लागें । म त्यहीबाट जनमुक्ति सेनामा जोडिँदै थिएँ । रोल्पाबाट १५ दिन हिँडेर डोटीको घाघलको प्रशिक्षणमा पुग्यौं । जुन प्रशिक्षण बाबाले दिँदै हुनुहुन्थ्यो । रोल्पा, रुकुम, सल्यान, दैलेख, जाजरकोट, सुर्खेत हुदै डोटी पुग्यौं ।
बाबासँग प्रशिक्षणमा भेट भयो । बाबा र पश्चिम डिभिजन कमान्डर कमरेड प्रभाकरसँग सेनामा जोडिने कुरा राखें । क. प्रभाकरले मलाई तत्कालीन बहुवीर–योद्धा स्मृति आठौं ब्रिगेडको फर्मेसनमा जोडिदिनुभयो । तुरुन्तै आधारभूत २० दिने सैन्य तालिम लिएँ । र, म ब्रिगेडमा जोडिएँ । तालिमकै बीचमा ‘अत्यन्त जरुरी’ पत्र लिएर बाबा भएको ठाउँमा जानुुपर्ने भयो । कमरेड प्रभाकर र बाबाको सँगै थियौं, बसाइ । उहाहरू बस्नुभएको ठाउँ मैले देखकी थिएँ । चार घण्टा जङ्गलको बाटो हिँडेर बाबा भएको ठाउँमा पुगें, एक्लै । त्यही समय अर्थात् ५ मङ्सिर २०६१ मा पान्डौनमा तत्कालीन शाही सेनाको रेन्जर फोर्ससँग जनमुक्ति सेनाको भिडन्त भयो । जनमुक्ति सेनाको ऐतिहासिक जीत भयो । पान्डौन भिडन्त सकिएपछि पुनः तालिममा फर्कें । त्यस ब्रिगेडको कार्यक्षेत्र उतिबेला भेरी–कर्णाली थियौं ।
ब्रिगेडमा जोडिएलगत्तै बर्दियाको एकीकृत सैन्य अभियानमा सहभागी भएँ । म बर्दियाको खेतमा परेड खेल्दै थिएँ उता कमरेड प्रकाशचाहिँ अध्यक्ष प्रचण्डसग रोल्पामा । यो बीचमा (११ महिना) हाम्रो भेट हुन सकेन । यो बीचको समयमा प्रकाशप्रति अलि बढी आस्था बढ्यो । कताकता भावना गहिरो बन्दै गएको पाएँ । ‘अलि चाँडो प्रकाशलाई भेट्न पाए हुन्थ्यो,’ मैले सोच्थें ।
बर्दियाको सैन्य अभियान मेरो पहिलो सैन्य अभियान थियौं । यही सैन्य अभियानबाट सुरुवात भयो, मेरो सैन्य जीवन । यो मेरो जीवनको अर्को महŒवपूर्ण उपलब्धि रह्यो । सैन्य जीवन साँच्चै नै हराभरा थियौं । दुःख÷कष्ट थिए । तर सामूहिक रूपमा बाँडिन्थ्यो र दुःख दुःखजस्तो नै बन्दैनथे । जनमुक्ति सेना बनेपछि पार्टी र क्रान्तिलाई झन् गहिरोसँग आत्मसात् गरें । ‘नेपालमा क्रान्तिको आवश्यकता किन थियौं ?’ भन्ने कुरा झन् गहिरो गरी महसुस भयो ।
सैन्य अभियानकै तयारीमा दस दिन बर्दिया राष्ट्रिय निकुञ्जको घनाजङ्गलमा बस्यौं । जाडो मौसम तर पनि जङ्गल बसाइमा कुनै कठिनाइको पर्वाह गरेनौं । निरन्तर युद्धको तयारीमा जुटिरह्यौं, घनाजङ्गलभित्र ।
माघ १ गते घनघोर पानी पर्यो । रातभरि भिज्यौं । युद्धसामग्री पनि भिजे । तर पनि आºनो तयारी तीव्र पार्यौं । यो अभियान बर्दियाको सदरमुकाम गुलरिया आक्रमण गर्नेमा केन्द्रित थियौं । तर आन्तरिक कारणले (जासुसी गर्न गएका साथीको पक्राउ) स्थगित भयो ।
सदरमुकाम आक्रमणको योजना रोकिएपछि ब्रिगेडले नया योजना बनायो दुस्मनलाई क्याम्पबाट बाहिर निकाल्ने र आक्रमण गर्ने । योजनालाई मूर्तरूप दिन बर्दिया आसपास राजमार्गमा दिउँसै मार्चपास गर्यौं । जनमुक्ति सेना जहा जान्थे जनतासँग सहजै घुलमिल हुन्थे । पहाडी वातवरणमा हुर्केका हामीलाई तराईको यात्रा अलि कठिन भयो । तैपनि यहाँको वातवरणमा भिज्न र रमाउन सक्यौं । अभियानकै बेला बर्दियाको गणेशपुरमा १७ फागुन २०६१ मा भिडन्त भयो । जहा हाम्रो उच्च साहसिक, होनहार कमान्डर जीतलगायत १७ जना (निश्चित भएन) योद्धा गुमायौं ।
यो अभियानपछि फर्मेसनबाट केही समयका लागि छुट्टी लिएँ, मैले । त्यतिबेला बाबा रोल्पा हुनुहुन्थ्यो । बाबालाई भेट्न आमा, दिदी र भिनाजुसगै हामी रोल्पा गयौं ।
बर्दियाको अभियान सकेर फर्कंदै गर्दा प्रकाशसँग चाँडो भेट्ने मन लाग्यो । तर म रोल्पा जादा प्रकाशचाहिँ भारत गएका रहेछन् । रोल्पामा प्रकाशलाई भेट्ने चाहना पूरा भएन । त्यसैबेला रोल्पाको घोरनेटीमा अध्यक्ष कमरेडसँग भेट भयो । मेरो ‘सेन्टिमेन्ट’ बुझ्नुभएछ, अध्यक्षले । ‘प्रकाश इन्डिया गएको छ,’ अध्यक्षले मलाई जानकारी दिनुभयो ।
रोल्पामा प्रकाशसँग भेट गर्ने चाहना पूरा नहुँदै म रुकुमको खारा आक्रमणको योजनामा जोडिएँ । खारा आक्रमणको बेलाचाहिँ प्रकाश भारतबाट फर्किसकेका थिए । जनमुक्ति सेनाको चारवटा ब्रिगेड खारा आक्रमणमा जाँदै थिए । म रोल्पामै भएको कारण मेरो बिग्रेडसँग सम्पर्क भएन । म मङ्गलसेन स्मृति ब्रिगेडमा जोडिएर खारा आक्रमणमा जाने खबर पाएँ । त्यसपछि म खारा आक्रमणमा सहभागी भएँ । २०६१ को चैत २५ मा खारा कारबाही भएको थियौं ।
दिदी मेरो सबैभन्दा नजिक हुनुहुन्थ्यो । दिदी हुँदाहुँदै पनि उहाँ मेरो साथीजस्तै हुनुहुन्थ्यो । मनका कुरा राख्न दिदीसँग सहज थियौं । त्यसैले दिदीलाई प्रकाश र मेरोबीचको ‘विकसित सम्बन्ध’ जानकारी गराएँ । दिदीसँग सबै कुरा राखें । दिदीले ‘तिमी प्रकाशलाई मन पराउँछौं भने प्रपोज गर’ भन्ने सुझाव दिनुभयो । दिदीले मसगै प्रकाशलाई पनि नजिकबाट बुझ्नुभएको थियौं । ‘प्रकाशको स्वभाव त्यस्तै छ नानू, उनले भन्दा तिमी नै प्रपोज गर्दा राम्रो होला ।’ दिदीले उतिबेला भन्नुभयो, ‘यो विषय आमाबालाई पनि जानकारी गराऊ है ।’
दिदीबाट सल्लाह पाएपछि म आफैं ‘प्रपोज’ गर्ने निर्णयमा पुगें । तर प्रपोज गर्नुपूर्व आमाबालाई जानकारी गराउने सोच बनाएँ । अनि आमाबा भएको ठाउँ (रोल्पा) गएँ । त्यतिबेला भर्खरै मात्र केन्द्रीय कमिटीको बैठक सकिएको थियौं । कमान्ड थप भए । सेनाको डिभिजन सातवटा बनाइए, यसै बैठकबाट । बा प्रशिक्षणमा अन्तै जानुभएको रहेछ । बासँग भेट हुन सकेन । मनका कुरा आमासँग राखें । हाम्रो प्रेम सम्बन्ध आमासँग खुलस्त बताएँ । तत्काल अन्तिम निर्णयमा नपुग्न सल्लाह दिनुभयो, आमाले ।
‘थप कुरापछि अघि बढाउला,’ आमाले भन्नुभयो । मैलै ‘हुन्छ’ भनें । ‘छोरी अझै सानी नै छे,’ आमाले सोच्नुभएको रहेछ । बा दुई–तीन दिनको प्रशिक्षण सकेर फर्कनुभयो । बालाई पनि जानकारी गराएँ ।
मलाई बाआमासँग कुरा राख्न सहज वातावरण थियौं । आमाबाले नै जनवादी संस्कृतिमा हुर्काउनुभयो । त्यसैले आºना कुरा राख्न कुनै कठिनाइ भएन । फेरि बाआमाले मेरो कुरा सकारात्मक रूपमै लिनुहुन्छ भन्ने विश्वास थियौं । मेरो विश्वासअनुसार जवाफ पाएँ ।
तर, अचम्म, बाबाहरूबीच त पहिलै नै कुरा भएको रहेछ, हाम्रो सम्बन्धबारे । उहाँहरूलाई सबै जानकारी रहेछ । हाम्रो ‘सेन्टिमेन्ट’ बु¤नुभएको रहेछ ।
प्रकाश र मेरो सम्बन्धजस्तै देशको राजनीति नया ढङ्गले विकसित हुँदै थियौं । राजा ज्ञानेन्द्रले सत्ता आºनो हातमा लिएका थिए । ‘नेपालका अन्य राजनीतिक पार्टीलाई साथमा लिई नया ढङ्गले अघि बढ्नुपर्छ, देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ’ भन्ने दस्तावेज पार्टीले पारित गरेको थियौं । चुनवाङ बैठकलगत्तै संसद्वादी दलसँग छलफल गर्न अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बावुराम भट्टराई भारत जानुभयो । अध्यक्षको परिवार पनि उतै गयो ।
हाम्रो सम्बन्ध आमाबालाई जानकारी गराउँदा प्रकाशचाहिँ अध्यक्षसँगै दिल्लीमा थिए । तर बाआमा हाम्रो सम्बन्धबारे जानकार हुनुहुन्थ्यो । तर ‘सम्बन्ध गोप्य नै छ’ भन्ने प्रकाशलाई लागेको रहेछ । ठीक त्यसैबेला डिभिजनको काममा म पनि भारत गएं । भारतमै प्रकाशसँग भेट भयो । ‘प्रपोज’ गरें । प्रकाशले सहमति जनाए ।
‘माक्र्सवाद र महिला मुक्ति’ पुस्तक पढेकी थिएँ । प्रेम, विवाह र यौन सम्बन्धबारे पुस्तकको केही अंश सम्झन्छु, म । ‘प्रेमको आधारशिला वर्गीय हुन्छ र एउटा क्रान्तिकारीले सर्वहारा वर्गीय हितविपरीत कुनै प्रेम गर्न सक्दैन ।’ पुस्तकमा लेखिएको छ– प्रेम दुई व्यक्तिको समान विचार र उद्देश्यबाट पे्ररित भएर पूर्ण सचेतता, समानता र स्वतन्त्रतामा अडेको हुनुपर्दछ । क्रान्तिकारी योद्धाबारे पुस्तकमा उल्लेख छ– यौन सम्बन्ध सच्चा प्रेमको एउटा अभिव्यक्ति मात्र हो । प्रेम मानिसको जीवनको उत्साह र प्रेरणा हो । मेरो बुझाइ थियौं । अभिभावकले स्वीकृति दिएपछि हाम्रो प्रेम सम्बन्ध सहज भयो ।
काम सकेर नेपाल फर्किएँ । प्रकाशले ‘नेपाल सँगै फर्कने’ भनेका थिए । तर काम पर्यो, म चाँडै फर्कने । सँगै भएन । त्यतिबेला ‘प्रपोज’ मात्र गरेका थियौं । विवाहबारे केही कुरा भएन । ‘नेपाल आएपछि अरू विषयमा छलफल गरांैला,’ हामीले सहमति गर्यौं ।
हाम्रो प्रेम एक क्रान्तिकारी योद्धाले अर्को क्रान्तिकारी योद्धासँग गर्ने सच्चा र पवित्र प्रेम थियौं । एक–अर्कामा प्रकट गर्यौं । सहर्ष स्वीकार्यौं पनि । हाम्रो प्रेम माक्र्सवादमा आधारित थियौं । प्रेम सम्बन्ध पार्टीमा जानकारी गरायौं । त्यतिबेला मेरो विभाग प्रमुख अजयदीप शर्मा (दाङ) थिए । मेरो र प्रकाशबीचको सम्बन्ध उहामार्फत डिभिजनमा कार्यालयमा जानकारी गराएँ । पार्टीले हाम्रो प्रेमलाई अघि बढाउने अनुमति दियो । २०६२ मङ्सिर ८ गते हामीले आफूभित्रको विकसित भावना एक–अर्कामाझ व्यक्त गर्यौं । संयोग नै भनौं, माओवादी र सात दलबीच १२ बुँदे ऐतिहासिक समझदारी भएको अर्को दिन हाम्रो प्रेम प्रस्तावलाई पार्टीले स्वीकृत गर्यो ।
म भारतमै थिएँ । एउटा दुःखद समाचार सुनें । पार्टीका नेता सिङ्गो डिभिजनको अभिभावक, पार्टी क्रान्तिप्रति अत्यन्त जिम्मेवार ‘पाचांै डिभिजन कमान्डर कमरेड सुनिल (किमबहादुर थापा, रोल्पा) को शहादत । उहाको सहादतले पार्टी, सिङ्गोे डिभिजन शोकाकुल बन्यो । म पनि निकै भावविह्वल भएँ । मलाई मङ्गलसेन स्मृति ब्रिग्रेड हुँदै पाचांै डिभिजनमा जोड्न उहाँकै पहल थियौं । सदरमुकाम आक्रमण गर्दा कब्जा भएका कम्प्युटर प्रयोग गर्दै नयाँ ढङ्गले सैन्य प्रशासन अघि बढाउने उहाको सोच थियौं । खारा आक्रमणपछि मेरो कार्यक्षेत्र परिवर्तन भएको थियौं । बहुवीर योद्धा स्मृति ब्रिगेडबाट मङ्गलसेन स्मृति ब्रिगेडको प्रकाशन, प्रचार र प्रसारण विभागमा जोडिएकी थिएँ ।
केही दिनपछि नेपाल आएँ । रोल्पामा बसेर आºनो विभागको काम गर्दै थिएँ । त्यसबेला रोल्पाली जनतासँग खुबै नजिक भएँ । जनताकै सहयोगले रोल्पाको गाउँमा सोलारबाट कम्प्युटर चलाउन सम्भव भयो । आकाशमा सेनाका जासुसी विमान उडिरहन्थे । विमानको आवाज सुन्नासाथ सोलार लुकाउनुपथ्र्यो । निकै चुनौतीपूर्ण थियौं रोल्पामा कम्प्युटर चलाउन ।
त्यस्तैमा दिल्ली जाने खबर आयो । त्यतिबेला प्रकाशको परिवार भारतमै थिए । बा पनि पार्टी कामले भारत जाने भन्ने कुरा रहेछ । यो बेला गण्डक अभियानका लागि साथीहरू रोल्पाबाट हिँड्दै थिए । कार्यालय सुरक्षाका लागि मसहित डिभिजन कार्यालयका केही साथी कार्यालयमै बस्ने निर्णय भयो । अभियानको सुरुमै रोल्पाको दुम्लामा भिडन्त भयो र यो भिडन्तपछि साथीहरू गण्डक अभियानमा जानुभयो भने हामी डिभिजन कार्यालय सुरक्षामा खटियौं । गण्डक अभियानलाई उच्च नेतृत्वले कमान्ड गर्ने भन्ने कुरा पार्टीमा भएछ । र, यही गण्डक अभियानको राजनीतिक नेतृत्वका लागि बा जाने कुरा भएछ । अध्यक्ष अन्य राजनीतिक दलसँग छलफलका लागि दिल्लीमा भएकाले यसकै छलफलका लागि बा दिल्ली जाने कुरा भयो । र, बासँगै मलाई पनि दिल्ली बोलाइयो ।
मैले प्रपोज गर्नुअघि नै हाम्रो सम्बन्धबारे आमाबासँग भनेकी थिएँ । तर प्रकाशले मैले प्रपोज गरेपछि मात्र अभिभावकलाई जानकारी दिए । त्यसपछि विवाहको कुरा उठेछ । भारतमै हाम्रो विवाह भयो । औपचारिक रूपमा प्रेम प्रस्ताव राखेको दुई महिनापछि फागुन १२ गते पार्टीको अनुमति र स्वीकृतिमा विवाह गर्यौं ।
विवाहमा प्रकाश र मेरो सपरिवार साथै पार्टीका वरिष्ठ नेता क. बावुराम भट्टराई, नेताहरू कमरेड कृष्णबहादुर महरा, महरापत्नी सीता, कमरेड हिसिला यमी, हरिभक्त कँडेल, असारे काका र काकापत्नी मीरा शर्मा ‘असारे काकी’ लगायत प्रवासका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियौं । विवाह कार्यक्रमको सञ्चालन हिसिला यमीले गर्नुभयो । जनवादी विवाह, दुई उच्च नेतृत्वको छोराछोरीबीचको विवाहलाई उपस्थित सबैले हार्दिकता साथ लिए ।
कार्यक्रम यमीले अगाडि बढाउँदै जानुभयो । उहाँले अध्यक्षको परिवारको सङ्घर्षशील कुरा गर्दा सबै भावुक बने । अध्यक्षका दुई छोरी (रेणु र गङ्गा) को विवाह चाँडै भएको रहेछ । जनयुद्ध सुरु हुँदा नेतृत्वलाई छोराछोरीको व्यवस्थापन चिन्ताको विषय बनेको थियौं । आफूसँगै लैजान पनि सम्भव थिएन । युद्धमा सामेल हुन पनि उमेर सानै हुन्थ्यो । भावुक वातावरणका बीचमा कार्यक्रम अगाडि बढ्दै गयो ।
प्रतिबद्धता मन्तव्यका लागि यमीले मलाई ‘बोल्न’ आग्रह गर्नुभयो । अलि सङ्कोच र धक मान्दै सम्बोधन गरें, अतिथिलाई अनि मनभित्रका कुरा राख्दै गएँ । ‘सानैदेखि क्रान्तिकारी र राजनीतिक वातावरणमा हुर्कें, पार्टी र क्रान्तिभन्दा फरक हाम्रो जीवन हुने छैन, विवाहपछि हाम्रो जिम्मेवारी थपिनेछ,’ मैले भनें । चासोपूर्वक सुन्दै थिए उपस्थित सबैले । अरू कुरा राख्दै गएँ, ‘पार्टीको उच्च नेतृत्वसँग पारिवारिक सम्बन्ध जोडिँदैछ, अवश्य पनि यो मेरालागि चुनौतीपूर्ण छ । पार्टी र क्रान्तिलाई पछ्याउँदै हाम्रो आउने जीवन पनि बित्नेछ ।’ मैले आºनो सम्बोधनमा भनें, ‘सधैं सहिदले देखाएको बाटोमा हाम्रा पाइला अघि बढ्नेछन् ।’
मैले बोलेपछि प्रकाश बोले । उनले पनि यस्तै–यस्तै कुरा राखे ।
विवाहपछि एक महिना सँगै भयौं । राजनीति पेचिलो बन्दै गएको थियौं । त्यसैले विवाहपछि कतै घुम्न जाने वा अरू मनोरञ्जनका कुरा गौण भए । हामी दुवै राजनीतिमा होमिएका थियौं । राजनीति नै प्रधान भयो ।
त्यसैबेला नेपालमा जारी जनआन्दोलन घनीभूत बनाउने विषयमा छलफल भइरहेको थियौं । उता रवीन्द्र श्रेष्ठ र मणि थापाका समस्या थिए, पार्टीमा । उनीहरू कारबाहीमा परे, २७ फागुनमा । राजनीतिक घटनाक्रम जटिल र विकसित बन्दै थियौं । पार्टीले रणनीतिक प्रत्याक्रमणको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना कार्यान्वयन गर्दै थियौं ।
एक महिनापछि म नेपाल फर्किएँ । रोल्पामा सेनाको तालिम सुरु हँुदै थियौं । म तालिममा सहभागी भएँ । प्रकाश दिल्लीमै थिए, अध्यक्षसँग । पछि जनआन्दोलन उत्कर्षमा पुग्यो । नेपालका संसद्वादी दलका नेताले घुँडा टेके । ऐतिहासिक जनआन्दोलनलाई अधुरै बनाए ।
आन्दोलन टुङ्गिएपछि विकसित परिस्थिति र गण्डक अभियानको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बस्यो । बैठकपश्चात् राजनीतिक प्रशिक्षण सुरु भए । यही प्रशिक्षणको क्रममा प्रकाशसग चितवनमा भेट भयो । म जनमुक्ति सेनामै थिएँ, प्रकाश पार्टी हेडक्वार्टरमा ।
सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो, २०६३ मङ्सिर ५ मा । त्यसै दिनदेखि जनमुक्ति सेनाको पाँच डिभिजनअन्तर्गत रोल्पाको दहवन शिविरमा बसें ।
अपेक्षाकृत वैवाहिक जीवन बिताउने वातवरण भएन, हामीबीच । विवाहपछि हामीले हाम्रो सम्बन्धलाई बुझ्न र विकसित गर्न सकेका थिएनौं । विवाहको सुरुवातदेखि नै केही असमझदारी रहे । त्यसपछि अलग भएर आºनो–आºनो जीवन अगाडि बढाउने सोच राख्यौं, हामीले ।
गम्भीर छलफल गर्यौं । १६ महिनाको वैवाहिक जीवनलाई टुङ्ग्याउने निर्णयमा पुग्यौं । नयाँबजार (प्रचण्ड निवास) मा २०६४ जेठ २२ मा सम्बन्धविच्छेद गर्यौं । सम्बन्धविच्छेद आपसी सहमतिमै भयो । कुनै दबाब थिएन । आरोपप्रत्यारोप पनि थिएनन् । सम्बन्धविच्छेद–पत्र पार्टी हेडक्वार्टरमा बुझायौं ।
सम्बन्धविच्छेदलाई मेरो परिवारले सहज रूपमा लियो । लगत्तै म फेरि आºनो कार्यक्षेत्रमा पर्ने शिविरमा गएँ । कमान्डरलाई जानकारी दिएँ । अलि ‘आश्चर्य’ मान्नुभयो, सुरुमा । तर पछि सहज नै भयो । ‘दुई उच्च नेताका छोराछोरीबीचको यो सम्बन्धले पार्टीलाई नोक्सान वा नराम्रो हुने त होइन ?’ यो चिन्ता पनि थियौं, केही साथीमा ।
‘हाम्रो सम्बन्धविच्छेद दुवैको सहमतिमै भयो, श्रीमान्–श्रीमतीको सम्बन्धमा मात्र विच्छेद गरेका हौं । पार्टीगत सहयोद्धाको हाम्रो सम्बन्ध जीवित नै छ ।’ हामीले स्पष्ट पार्यौं । सम्बन्धविच्छेदपछि छुट्टै भावना आएन । बरु सहमतिमै गरिएको यो निर्णयले उत्साहसाथ पार्टी र क्रान्तिमा लाग्न प्रोत्साहित गर्यो ।
मेरो बुझाइमा ‘विवाह महिला र पुरुषबीचको प्रेम सम्बन्धलाई निरन्तरता र औपचारिकता दिने एक माध्यम मात्र हो ।’ फेरि हामी सत्यको धरातलमा उभिनैपर्छ, ‘विवाह प्रेममा आधारित हुनुपर्दछ ।’ हामीले यो पनि भुल्न हुँदैन, ‘प्रेम सम्बन्ध टुटेपछि विवाहलाई सहज ढङ्गले भङ्ग गर्ने अधिकार रहने गर्छ ।’ हामीले यो क्रान्तिकारी मान्यता स्थापित गर्नुपर्छ कि ‘सम्बन्धविच्छेदको अधिकार दुवै दम्पतीलाई हुनुपर्दछ ।’ सम्बन्धविच्छेदसम्बन्धी रुढिवादी धारणा हटाउनै पर्छ । क्रान्तिकारीले सम्बन्धविच्छेदलाई सहज र सरल बनाउनै पर्छ । क्रान्तिकारीले आºनो जीवन पद्धतिमा यी कुरा लागु गर्नै पर्छ ।
हरेक वस्तु गतिशील छ । युद्ध, क्रान्ति र विज्ञानको गतिअनुसार हामीले आफंैमा गति पैदा गर्न सकेनौं भने २१ औं शताब्दीको माग पूरा गर्न सक्दैनौं । क्रान्तिकारी योद्धाले त्याग, तपस्या र बलिदानका साथै आºनो अधिकार प्रयोगलाई पनि गतिमा नै बुभनु पर्छ । गतिको यही नियम मैले प्रयोग गरें । केही मानिस यस्तो कुरा बुझ्दैनन् र कुरा काट्छन् । न्याय, स्वतन्त्रता र मुक्तिको सिद्धान्तलाई विनासर्त आत्मसात् गर्दै हिँडेका मान्छे हौं, हामी । हामी आफंले स्वतन्त्रताको प्रयोग गर्न पाउनु के अस्वाभाविक हो र ? हुनै सक्दैन । यो बिलकुलै स्वाभाविक परिघटना हो । क्रान्तिकारी पहिचान स्थापित गर्ने माध्यम हो, हाम्रो आºनो स्वतन्त्रता र यसलाई जीवन पद्धतिमा लागु गर्ने तरिका ।
आजको गतिशील युगमा डेढ वर्षको सहकार्य छोटो पनि होइन । हामीमा प्रेम थियौं, एक–अर्कामा व्यक्त गर्यौं । पार्टी अनुमतिमा विवाह गर्यौं । विवाहपछि प्रेम टुट्यो र श्रीमान्–श्रीमतीबीचको सम्बन्ध टुटायौं ।
विचार र भावनाको द्वन्द्वात्मक सम्बन्धले वैवाहिक जीवनमा बाँधियौं । अनि यस्तै द्वन्द्वात्मक नियम र उच्च समझदारीले सम्बन्धविच्छेद गर्यौं ।
हाम्रो सम्बन्ध हिजोको समय सापेक्षातामा सही थियौं र त्यसलाई हामीले विकास गर्यौं । आजको समयमा हामीले हाम्रो सम्बन्धलाई फरक ढङ्गले परिभाषित गर्यौं । अलग–अलग बस्ने निर्णय लियौं । कमरेडली सम्बन्ध विकास गर्यौं । यो निर्णय पनि हाम्रालागि राम्रो र सही छ ।
‘विवाह प्रेमको मान्यता हो भने यौन जीवनको निरन्तरता र आवश्यकता ।’ माक्र्सवाद यही भन्छ । प्रेम, विवाह, यौनलाई पुँजीवादीहरूले छाडा रूपमा हेर्छन् । तर हामी क्रान्तिकारी त्यसविरुद्ध लड्नुपर्छ । ‘प्रेम, विवाह, यौन र सम्बन्धविच्छेद’ हरेक व्यक्तिको स्वतन्त्रता पनि हो । यसलाई गलत ढङ्गले व्याख्या गर्नुहुँदैन । प्रेम, विवाह, यौन र सम्बन्धको विकास र विच्छेदलाई माक्र्सवादी दृष्टिकोणबाट हेर्नुपर्छ । स्वतन्त्रताको नाममा छाडा हुने भनेको होइन । अनि अनुशासनको नाममा कुण्ठित हुने पनि होइन । यी दुवै गलत छन् । यो गलत पद्धतिसँग वा यसका विरुद्ध हाम्रो सङ्घर्ष जारी रहनुपर्छ । यो सैद्धान्तिक मान्यता हामीले व्यवहारमा उतार्नै पर्छ । मलाई लाग्छ, मैले प्रयोग गरें, यो मान्यतालाई । अनि त कमरेडली सम्बन्ध मजबुत नै छ, आज पनि हामीबीच । क्रान्तिकारी आन्दोलनमा हामी सहयात्री छौं । व्यक्तिगत जीवनमा अलग–अलग छौ । तर क्रान्तिकारी उत्साह र उमङ्गसहित ।
लेनिनले भनेका छन्, ‘कम्युनिस्टहरूले मात्र पूर्ण र उत्कृष्ट जीवन जिउँछन्, पूर्ण जीवनमा संयोग र वियोग सबै चीज हुन्छ ।’ यस्तै हो हामी लालयोद्धाको जीवन पनि । कहिले महान् प्राप्ति, कहिले महान् त्याग ।
होइन र ?
साभारः बिश्व न्युज