ActivityModule

अनुराधालाई गजलमा शुभकामना- सुमित्रा पौडेल

Posted Date: Wednesday, November 24, 2010 | Source: NRNA SAUDI ARABIA

अनुराधा बधाई तिम्लाई खुशी छायौ एउटासगरमाथा जस्तै उच्च गान गायौ एउटा !

जन्माएकी रहिछौ आमा रोए देश हसाउँने

भृकुटी र सिता जस्तै नाम लियौ एउटा !

छैन अझै हाम्रो देशमा ति नारीको अस्तित्व क्यै

लाखौ नारी अघि बढ्ने प्रेरणा ल्यायौ एउटा !

सुख शान्ति छैन कतै करोडौ ति नेपालीको

शान्तिको दिप् जलाउन आँट पायौ एउटा !

बिकृति र विसंगति देशका सबै हटाउँन

साहस बोक्ने नेपालीको तिमी आयौ एउटा !

दु;खी बालक असाहय नारी माथि उद्धार गर्दै

देश कै ठुलो समाज सेवी आमा भयौ एउटा !

कति हर्ष बिभोर बन्यौ झण्डा फहराउँदा

गौरव बढाई आफ्नै देशको पहिचान दियौ एउटा !

अनुराधा बधाई तिम्लाई खुशी छायौ एउटा

सगरमाथा जस्तै उच्च गान गायौ एउटा !

लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन

हाल ; इजरायल २०१०/११/२३