ActivityModule

नेपालभित्र बस्दैमा राष्ट्रभक्त हुँ भनेर दम्भ गर्नेहरु

Posted Date: Friday, September 17, 2010 | Source: NRNA SAUDI ARABIA

टेक्सास, अमेरिका – अमृता लम्साल

 बिबाह गरेर गएकी चेलीले माईतीको घर जलेको समयमा पनि आगो निभाउने कोशीश गर्नुभएन;
आमाको कोखमा क्यान्सर नै लागेछ भने पनि डाक्टरकहाँ कसरी पुर्‍याउने भनेर चीन्ता गर्नुभएन !
आज कुलचन्द्र गौतम र उपेन्द्र महतोको राय मागिन्छ किनकि, उँहाहरुसँग नाम र दाम छ तर, हामीजस्ता भुसुनाहरुलाई ”तिमीहरु बाहिर बस्नेहरुलाई देशको बारेमा बोल्ने अधीकार छैन भनेर दुत्कारिन्छ किनकि, हामीजस्ता मध्यमबर्गीहरुसँग खन्याउने पैसा छैन न त ”राष्ट्रपति” को कुर्सीमा आँखा लगाउने तागत छ ।

नेपालमा बस्ने ”अतिराष्ट्रवादी” हरुले पनि समय समयमा त्यहि आगो कमीला (फायर एन्ट) ले चीले झैँ गरी हृदयमा घाऊ लगाइदिन्छन् । जव उनीहरुसँग बाहिरबसेकाहरुलाई चित्त बुझाउने तर्क हुँदैन अनी त्यता तर्कहरुलाई आगो कमीलाले चीले झैँ धेरै दिन दुखाउने गरेर चील्छन ।

कहीलेकाँही, यस पँक्तिकारको दिमागमा तर्क उठ्छ न्याय दिलाउनको लागि प्रयोग गरिने ”डीएनए परिक्षण” जस्तै ”रास्ट्रवाद” प्रमाणित गर्ने ”डीएनए परिक्षण” भैदिएको भए कस्तो हुन्थ्यो होला !
अनी बाहिर बस्नेहरुले पनि भन्न सक्थे होलान्, ” आउनुहोस, शँका छ भने हाम्रो राष्ट्रवादको डीएनए परिक्षण गर्नुहोस ! तर आगो कमीलाले चीले जस्तो नचील्नुहोस !”
तर मजबूर यो मन, पिल्सिन त सक्छ तर देश दुखेको पीडा पोख्न सक्दैन!
आफ्नै आमाको कोखलाई ”म जन्मिएको कोख त्यही हो” भनेर हक जमाउन सक्तैन !
यो भन्दा ठूलो बिवशता केही होला त ?

आज आफूलाई महान राष्ट्रवादी र देशका असल ठेकेदार हुँ भनेर घमन्ड देखाउनेहरुले, देशका  नेतृत्वमा दशकौँ आशन जमाएर बसेका ”बनारसी पुस्ता” हरुलाई पनि दुत्कार्ने हिम्मत राख्नुपर्ने हो,  तिनीहरु काँग्रेस पनि हुन सक्छन, अनी कम्युनिस्ट पनि !

विश्वव्यापी रुपमा उरालिएको, वातावरण, मानवअधिकार, अशल शासन आदी आदी नाराहरु पनि स्थानियकरण नगर्नु पर्ने हो; किनकि, त्यस्ता नाराको सुरुआत गर्नेहरु ”नेपाली” थिएनन र उनीहरुलाई नेपालमा पनि यस्तो हुनुपर्छ भनेर अर्ती र उपदेश दिने हक पनि थिएन ।
तर ती कुराहरु पाच्य हुन्छन्; किनकि, त्यहाँबाट डलर खन्याईन्छन, अनी ती डलरबाट धेरै ”राष्ट्रवादी”हरुको जीवीका चल्छ ।

बैज्ञानीकहरुले अहिलेसम्म किन ”राष्ट्रप्रेम” जांच्ने कसीको बारेमा अनुसन्धान नगरेका होलान !
त्यस्तै  हो भने, युवा बिहीन घरहरुमा बचेका जेस्ठ नागरिकहरुलाई मर्दा र पर्दा पनि आफ्नै सन्तानले समेत कुनै पनि भावनात्मक, आर्थिक या शारीरिक सहयोग गर्न खोज्नु भएन; किनकि, देशबाहिर बस्नेहरुलाई देशभित्रको स्थितिमा सरोकार राख्ने या बोल्ने अधिकार छैन !

त्यसो भए नेपाल आमाका ती तमाम सन्तानहरु, गोपाल योनजनकै गीतको बोलमा भनेजस्तै,”यमराजको शीर छिनाउने सारा पृथ्वीका सन्तान बघिनीको दुध होइन, तर नेपालीको स्तन” पीएका ती नेपाल आमाका सन्तानहरुले त झन बोल्नै भएन !

अन्त्यमा, राष्ट्रको अती माया गर्ने ठेकेदारहरुलाई गोपाल योन्जनकै गीत सापट लिएकी ”म झुक्दै नझुक्ने नेपालकी छोरी( छोरोलाई छोरी बनाएको”)को एउटै प्रश्न छ,  ” आज बिदेशमा बस्ने नेपालीहरुलाई तिमीहरुलाई जन्माउने आमा(राष्ट्रको सन्दर्भमा)को बारेमा तिमीहरुलाई बोल्ने हक छैन भन्नेहरुले, बिदेशबाट ल्याएर खाएको नूनदेखि शरीरबाट पखालेर दान ल्याएको पैसाले चलाएको सरकार र गैरसरकारी सँस्थालाई आफ्नै खुट्टामा उभ्याएर सफल बनाउन सक्नुहुन्छ ?” यदि सक्नुहुन्छ भने त ”महान”  हुनुहोला; तर, सक्नुहुन्न भने अरुलाई आगो कमीलाले चीले जस्तो चिल्न छाड्नुस !

”देशले रगत मागे, मलाई बली चढाउ………..उ नेपालीकी छोरी” आदरणीय स्वर्गीय गोपाल योन्जनले संगीत तथा स्वर दिएर अजर अमर बनाएको सदाबहार राष्ट्रिय गीत !
”सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली…………” संगीतकार अंबर गुरुङ्ले आफ्नो उत्कृष्ट संगीत दिएको नेपालको विद्यमान राष्ट्रिय गीत !
तर उहाँहरु दुबै जन्मजात नेपाली भने हुनुहुन्थिएन;
तर उहाँहरुको नेपालप्रतिको निष्ठा, त्याग र समर्पणले एउटा जन्मजात नेपाली कहलाएको ब्यक्तित्वलाई समेत आफ्नो छाँयामा पार्न सक्ने गरी ”नेपाली” बन्नुभयो ।

यो लेख उँहाहरुको मानमर्दन गर्न तयार पारिएको होइन; न त यो पँक्तिकार जस्तो ”भुसुनो” मा त्यती बिघ्न तागत नै छ; यो लेख त नेपालमा बस्दैमा सबैभन्दा राष्ट्रभक्त र सबैभन्दा ठूलो नेपाली हुँ भनेर दम्भ गर्नेहरुलाई मनमा राखेर तयार पारिएको हो ।

यदि नेपालभित्रको चार किल्ला र सीमाना भित्र नअटाउँदैमा नेपाली होइँदैन भने सबैभन्दा पहिले गोपाल योन्जन र अम्बर गुरुङजस्ता मूर्धन्य गीतकार संगीतकारहरुलाई भन्न सक्नुपर्यो,”तँपाईहरुजस्तालाई नेपाल आमाको भक्ती गाउने अधीकार छैन!” भनेर, त्यस्तो दु:स्साहस गर्ने हिम्मत छ कथित ”राष्ट्रवादी”हरुमा ?

त्यतिमात्र होइन, नेपालको पाखा र पर्वत, अनी धर्ती र हरीयालीमा शारीरिक रुपले नबाँधिनेहरुलाई ”नेपालीको हक र भलो” चिताउने हक छैन भने ”बसाँई” का लेखक लीलबहादुर क्षेत्रीको पुस्तकलाई उर्लँदो भेरीमा लागेर किन नहुत्याईदिने ?

मन भित्रको राष्ट्रवाद, एक सोच हो, शरीरमा बगेको रगत हो, बालखकालदेखि सिकेको सँस्कार हो, अनी शरीरमा प्राण भर्ने प्राणबायु हो  ।  शरीर त जतासुकै रहन सक्छ तर मन ? के मनभित्रको माया, स्नेह र सद्भाव पखालेर फ्याँक्न सकिन्छ ?

यदि देशभित्र नरहँदैमा देश बारे बोल्ने हक छैन भने जील्ला छाडेर राजधानीमा डेरा जमाउनेहरुले छाडेको जिल्लाबारे पनि बोल्नु भएन;