ActivityModule

सपना भनेको के हो त ?

Posted Date: Tuesday, August 3, 2010 | Source: NRNA SAUDI ARABIA

 

 श्रीमती सुमित्रा पौडेल भरतपुर चितवन
हाल: इजरायल

२०१०/८/३

 

 

 

 

 

पैसाको सिरानी बनाएर ,
पैसा कै सिरक ओडी ,
हातमा हटकडी झैँ ,
सुनको ब्रासलेट ,
गलामा गहकिलो हार झैँ ,
सिक्री पहेलपुर भएर ,
सुन्दर महलको विलासितामा डुबेर ,
रक्सी र माशुका कबाफ खाएर ,
सुत्छन् र भुसुक्क निदाऊछन् ,

के सपना तिनीहरुले मात्र देख्छन् ?

के सपना यो हो त ?

अर्काको लोग्ने वा स्वास्नीलाई
केही क्षणको मायांमा भुलाउदै ,
आफ्नो अस्तित्वलाई बेचेर ,
मिठो सपनाको संसारमा पसी ,
ताजमहल बनाएर ,
सुत्न चाहन्छन् ,

बिहानीको सुर्यको किरणँ सगै ,
आखाँ खोली हेर्दा ,
लज्जात्मक तरिकाले शिर निहुराई ,
हिडन बाध्य हुन्छन् र ,
आफ्नो जीबनलाई
नर्क तिर धकेली ,
कुकर्म गरिरहेका हुन्छन्,

के त्यो सपना हुन सक्छ त ?

हजुरहरुको बिचारमा सपना भनेको यो हो कि ?

जो दिन भरी भारी बोकेर ,
ठेला गाडी ठेलेर ,
बगर माटो सगै
कोदालोले खनेर ,
शरीरबाट रगतका धारा झैँ
पसिना बगाई ,
गाई बस्तुसंगै खेल्दै ,
कांधमा हलो र कोदालो ,
टाउकोमा घासको भारी राख्दै ,
थकित हुदै ,
पार्टी पौवा अनि रुखको फेदीमा ,
भारी बिसाउदै ,
सितल छहारिको आनन्द लिएर ,
सुस्केरा हाल्दै ,
आफ्नो हातको सिरानी बनाइ ,
आनन्दले सुत्छन् र
भुसुक्क निदाउ छन्
सपना तिनीहरुले पनि देख्दछन्,

के सपना भनेको त्यही हो त ?

सपना यही हो कि त ?

जुन आफ्नो मर्यादा र
छबिलाइ कायम राखी ,
कठोर परिश्रम गरी ,
अनेक दुख कस्टहरुमा पिल्सिएर ,
अरुको भनाइलाइ आशुमा दबाएर
पिडाहरु बिर्सदै ,
अर्कोको सेवा गरी कमाएको धनले ,
परिवार र सन्तानलाई खुशी राखी
झुपडी सम्झिएर ,
सबैसँग हासी खुसि रमाउदै ,
सुख्खा ढीडो रोटि भए पनि ,
खुसि बाडेर खाई
आनन्द मानेर सुते झैँ मान्दछन् ,
अनि भुसुक्क निदाउछन्

सपना तिनिहरुले पनि देख्दछन्
बिहान सुर्यको किरणसगै
मुस्कुराउछन्, मुस्कुराउछन् ,मुस्कुराउछन्