साउदी अरबमा तमु ल्होसारको रौनक

Published On: Saturday, December 31, 2016 | Source: NRNA SAUDI ARABIA

 

15823275_1401572246540594_5990050885820384055_n

३१ डिसेम्बर, २०१६

तेज थापा, साउदी अरब ।

पुरानो बर्षको बिदाइ र नयाँ बर्षको आगमना सँगै साउदी अरबको दम्माम स्थित अल खयाम रेस्टुरेन्टमा “तमु च्यो ल्होछार” कार्यक्रम सु-सम्पन्न भएको छ । तमुहरूको १२ बर्गमध्य गत बर्ष बादर बर्गमा रहेको साल बिदा भै यो नयाँ बर्ष चरा “च्यो” बर्गमा प्रबेश गर्ने छ । तमुधिं नेपाल, प्रवास साखा साउदी अरबका अध्यक्ष खेम तमुले सभापतित्व गर्नुभएको कार्यक्रममा नेपाली राजदूतावास रियाद साउदी अरबका का. बा. राजदूत आनन्द प्रसाद शर्मा प्रमुख अथितिको रूपमा उपस्थिति जनाउनु भएको भने नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबमा अध्यक्ष हुम सुनारी मगर बिशेष अथितिको रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरि नेपाली दुताबासका स्थानीय कर्मचारी हरि घिमिरे, एनआरएनए आइसिसि भुतपुर्व मध्यपुर्व सहसंयोजक एवं जनसम्पर्क समितिका साउदी अरबका प्रमुख संरक्षक राजु सैयद, एनआरएनए आइसिसि सदस्य यास्मिन बेगम, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका प्रमुख संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबका अध्यक्ष नारायण पासवान,प्रबासी नेपाली मंचका बरिष्ठ उपाध्यक्ष परशुराम मिश्र, फ्रेण्डस अफ नेपाल, साउदी अरबका अध्यक्ष श्री कृष्ण श्रेष्ठ, जिफन्टका अध्यक्ष राज तामांग,लुम्बीनी प्रबासी मंचका अध्यक्ष बाबुराम खनाल, नवलपरासी सम्पर्क समितिका अध्यक्ष बिरेन्द्र कुमार चौधरी तथा कोषाध्यक्ष टोप बहादुर कार्की, नेपाल मगर संघ साउदी अरबका का. वा. अध्यक्ष युबराज पुन तथा कोषाध्यक्ष खिम गर्बुजा, स्याङ्जा समाजका का. वा. अध्यक्ष बाल कृष्ण पंगेनी, मिडिया कर्मी रोशन एन श्रेष्ठ, व्यावसायी तथा समाज शेवीहरू क्रमशः जोन अर्याल, जेन लामा, कमल खरेल, व्यवसायी राज कुमार सुबेदि, किशोर थापा लगायतका महानुभावहरू कार्यक्रम अथितिको रूपमा उपस्थिति जनाउनु भएको थियो । कार्यक्रममा गुरूङ समुदायका लागि योगदान दिनुभएका व्यक्तित्वहरूका अलावा नेपाली दिदि बहिनि तथा दाजुभाइहरूको समेत उत्साह जनक सहभागिता रहेको थियो ।

आसन ग्रहणसँगै राष्ट्रिय गानबाट सुरूवात गरिएको कार्यक्रमलाइ सभापति खेम तमु तथा प्रमुख अथिति आनन्द प्रसाद सर्माज्युद्वारा संयुक्तरूपमा दिप प्रज्जवलन र व्यानर दर्पण गरि औपारिकता प्रदान गर्नुभएको भएको थियो । तमुधिं नेपाल, प्रवास सखा साउदी अरबका प्रबक्ता राजपति तमुद्वारा संचालित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तिलक तमुले स्वागत मन्तव्य राख्नु भएको थियो । साथै प्रमुख अथिति तथा बिशेष अथितिहरूलाइ गुरूङ समुदायहरूको पोसाकले अभिनन्दन गरिएको थियो भने एनआरएनए आइसिसि सदस्य यास्मिन बेगम, एनसिसि साउदीका अध्यक्ष नारायण पासवान, प्रबासी नेपाली मंचका बरिष्ठ उपाध्यक्ष परशुराम मिश्र, नेपाल जनजाती महासंघ साउदी अरबका अध्यक्ष तथा बिशेष अथिति हुम सुनारी मगर, प्रमुख अथिति एवं नेपाली राजदूतावासका का. बा. राजदूत आनन्द प्रसाद शर्मा लगायतका बक्ताहरूले तमु ल्होसारको अवसरमा शुभकामना मनतव्य दिनु भएको थियो । सो अवसरमा समाज सेवी तथा कार्गो व्यवसायी जेन लामा द्वारा शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने हेतुले थालिएको “खुत्रुखे संकलित अभियानमा” मा उठेको जम्मा रकमबारे जानकारी दिनु हुदै शिक्षा क्षेत्रको समुचित बिकाशका लागि थालिएको अभियान पारदर्सिताको साथ कार्यन्वयन हुने कुरामा बिश्वस्त पार्नु भयो ।

उपस्थित जनसमुदयालाइ चर्चित गायक तिलक तमु, गायक सुवाश श्रेष्ठ, सन्तोष शाही लगायतका कलाकारहरूले गित-सँगितद्वारा मनोरञ्न प्रदान गर्नुभएको थियो । त्यसैगरि बाल नृत्याङगना दिक्षा थापा र एलिशा राईद्वारा नृत्य प्रस्तुति गरिएको थियो ।

15823275_1401572246540594_5990050885820384055_n 15782304_758477360982273_548710230_n