अनाथ बालवालिकालाई NRNA साउदी अरबको सहयोग

Published On: Source: NRNA SAUDI ARABIA
 


७ अगस्त २०१२
नारन वाग्ले

गैर आवासिय नेपाली संघ, साउदी अरबको क्षेत्रिय कमिटी कतिफ द्धारा काठमाण्डौ इचँगु गा.वि.स वडा नं. २ मा स्थित गैह्र सरकारी सामाजिक संस्था नेपाल मानव अधिकार तथा द्धन्द पीडित प्रतिष्ठानले संचालन गरेको अनाथ बालवालिकाको हितको निम्ति आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त्त संस्थाका अध्यक्ष श्री सीता सिवाकोटी लाई NRNA साउदी अरबका पुर्व के.स. श्री नारन वाग्ले द्धारा रु. ५०,१०१/- हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रमको संचालन संस्थाका सदस्य श्री राम चन्द्र तिवारीले गर्नुभएको थियो ।

उक्त संस्थाका अध्यक्ष श्री सीता सिवाकोटीले बोल्ने सिलसिलामा NRNAले गरेको योगदानको प्रसंशा गर्नुभएको थियो । उक्त सहयोगले अनाथ बालवालिकाको निम्ति अमृत सरह हुने वताउनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्ने सिलसिलामा श्री नारन वाग्लेले NRNA साउदी अरबका अध्यक्ष श्री धरम के.सि.को नेतृत्वमा सन् २०१० मा गरिएको साँस्कृतिक कार्यक्रममा साउदी अरबको तत्कालिन क्षेत्रिय कमिटी कतिफको सक्रियतामा श्री ओम प्रकाश के.सि., यम लिम्बु, डिल्ली ब.बस्नेत , रेशम पुन , शिब प्र. ढुंगना, चन्द्र ब. बुढा , वासदेव पोखरेल, रामचन्द्र निरौला, जमान सिंह तामाङ्ग लगाएतका कतिफ क्षेत्र भरिका सम्पुण साथिहरुलाई धन्यवाद दिदैं आगामी दिनमा पनि यस्ता सहयोगको निरन्तरता रहने र अन्य क्षेत्रका NRNA साथिहरुलाई पनि यस्ता सहयोगको लागी आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने सिलसिलामा संस्थाका महासचिव श्री शिवहरि तिमिल्सिनाले रोजगारिका लागि विदेशमा बस्दा पनि देशको लागी केही गर्नुपर्छ भन्ने महान उद्देश्य भएका गैर आवासिय नेपाली संघले उत्पीडनमा परेका महिला तथा अनाथ बालवालिकाहरूलाई सहयोग गने गरिएको साँस्कृतिक कार्यक्रमवाट बनेको कोषको प्रसंशा गर्नुभएको थियो । यसैगरी विश्वका विभित्र देशमा रहेका गैर आवासिय नेपाली संघले पनि मानव अधिकार सम्बन्धि काम गरिरहेको र आगामी दिनमा अझैं बढी सहयोगको अपेक्षां राख्नु भएको थियो । गैर आवासिय नेपाली संघ, साउदी अरबको क्षेत्रिय कमिटी कतिफका सम्पुण साथिहरुलाई धन्यवाद दिदैं आगामी दिनमा पनि यस्ता सहयोगको निरन्तरता दिनको लागी अनुरोध गदैं र अन्य क्षेत्रका NRNA साथिहरुलाई पनि यस्ता सहयोगको लागी आग्रह गर्नुभएको थियो